कार्यालय प्रमुख र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई विदाई गरियो

0
396

रामकृष्ण कडेल । गुल्मी
गुल्मी दरबार देवीस्थान स्वास्थ्य चौकी गुल्मीदरबार गाउँपालिकामा बिगत १५ बर्षदेखि कार्यालय प्रमुखको रुपमा कार्यरत सिनियर अहेव नारायण प्रसाद अर्याललाइ एक औपचारिक कार्यक्रमका बिच बिदाई गरिएको छ । साथै उक्त कार्यक्रममा १० जना महिला स्वास्थ्य स्वयमसेविकालाइ पनि बिदाई गरिएको छ ।

कार्यालय प्रमुख अर्याललाइ स्वास्थ्य चौकी ब्यव्स्थापन समिति, कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका लगायतले फुलमाला मायाको चिनो, कदर पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । त्यस्तै बिदाइ भएका प्रमुख अतिथि अर्याल र स्वयम्सेविकाहरुले पनि स्वास्थ्य चौकी लाइ मायाको चिनो प्रदान गरेका थिए ।

साबिकको दरबार देबिस्थान गाबिस संघीयता सँगै दुइ वडामा बिभाजित भइ गुल्मिदरबार गाउपालिका अन्तरगत ६र ७ वडामा बिभजित भएको थियो । स्वास्थ्य चौकी ७ नं. वडामा भएको र वडा नं. ६ मा स्वास्थ्य केन्द्र स्थापित भएकोले ६ नं. वडा अन्तरगतका १० जना स्वयम्सेविकालाइ पनि फुलमाला, मायाको चिनो सहित बिदाइ गरिएको हो ।
स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष टोपबहादुर बस्नेतको अध्यक्षता तथा दरबार देबीस्थान स्वास्थ्य चौकिका भुतपुर्व प्रमुख तथा गुल्मिदरबार गाउपालिकाका स्वस्थ्य प्रमुख अधिकृत नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बिगतमा स्वास्थ्य चौकि प्रमुखको रुपमा रहि बिदाइ हुन लागेका र अहिले स्वस्थ्य संयोजकमा पदस्थापन भएका सिनियर अहेव नारायण प्रसाद अर्यालले स्वास्थ्य चौकीको बृहत्तर बिकास र अन्य सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा अझैबढि सहयोगको अपेक्षा गरिएको कुरा बताउदै उच्च प्रशंसा गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाहरु अमृता अर्याल, मिना पौडेल अहेव राम कृष्ण कडेल अध्यक्ष बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले आफु बिदाइ भएर टाढा नगएको र बिगतमा दरबार देबिस्थान स्वास्थ्य चौकी गुल्मी पनि जिल्लाको उत्कृष्टको सुचिमा पर्नुको श्रेय आफु मात्रै नभै सम्पुर्ण कर्मचारीको एकरुपताले सम्भव भएको र सम्पुर्णको उत्तिकै श्रेय रहेको स्मरण गराउदै आगामि दिनमा यस स्वास्थ्य चौकि र गुल्मिदरबार गाउपालिका भरिकै स्वास्थ्य क्षेत्रको बृहत्तर बिकासमा निरन्तर लागिरहने प्रतिबद्द्ता समेत ब्यक्त गरे । स्वास्थ्यचौकीकी अनमी सुमन पन्थीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन निमित्त प्रमुख तथा सिनियर अनमी निरीक्षक जुनाकला बस्नेतले गरेकी थिइन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।