अखिल छैठौंले पाल्पामा मोदीको पुत्ला जलायो, प्रहरीले गर्यो हस्तक्षेप

0
122

बिकास काफ्ले । पाल्पा
भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि देशभर चर्को विरोध भइरहेको बेला अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (छैटौं) ले पाल्पामा आइतवार नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । पाल्पामा क्रियाशील बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन(छैटौं)ले पाल्पामा आइतबार बेलुकी ७ बजे तानसेनको विशाल बजार चोकमा नरेन्द्र मोदीको पुत्ला जलाएको हो ।

देश बचाउनका लागि भारतको हेपाहा प्रवृत्तिका विरुद्ध आफुहरुले रगत बगाउन पनि तयार रहेको अखिल छैटौं केन्द्रिय सदस्य एवं पाल्पा जिल्ला अध्यक्ष पुरन पोख्रेलले सो अवसरमा बताए । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बिसाल दर्लामीले नेपाल सरकारले पनि आफ्नो देशको भुभाग बनाउनको लागि कडा कदम चाल्नु पर्ने उनले बताए । ‘दुइ तिहाइको सरकार भएपनि आज राष्ट्रिय स्वाधिनताको विषयमा बोल्न सकेन ।’ दर्लामीले भने–‘एक पटक फेरि हामी बदभद्र कुवर बनेर नेपाली भुमी खोज्न जानेछौं ।’ नेपाली जनताको पक्षमा नेपाल सरकारले एक पटक बलिदान गर्न तयार हुनु पर्ने उनको अभिव्यक्ति थियो ।

१० वर्षे जनयुद्धले लिएको आमुल परिवर्तको स्मरण गर्दै आन्दोलनले धर्मनिरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको बताए । भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरू, युवाहरु आन्दोलनमा होमन पनि बाध्य र राष्ट्रिय जनमोर्चा सहित यसका विभिन्न भातृ संगठनको आन्दोलन निरन्तर जारी रहेको उनको भनाइ छ । उनले भोलि समेत बिरोधका कार्यक्रम जारी रहने बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।