सर्वाधिक पुरस्कार राशी सहितको भलिवल हुँदै

0
134

स्याङजा । स्याङ्जाको आलमदेबीमा पश्चिम स्याङ्जामै सर्वाधिक राशीको पुरस्कार रहेको खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

बिगतका बर्षमा जस्तै यस बर्ष पनि हरिबोधनी एकादशीको अवसर पारेर जनज्योती क्लब कालीगण्डकी ३ आलमदेवी लसर्घा देउराली स्याङ्जाले प्रतियोगिताको आयोजना गरेको हो ।

२० गते बुधबार देखि शुरु हुने ३१ औं खुला पुरुष भलिबल प्रतियोगिताका बिजेताले ८० हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार ४० हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार २० हजार नगद , शिल्ड मेडल र प्रमाण पत्र र सान्त्वना पुरस्कार १० हजार नगद र प्रमाण पत्र रहेको आयोजकले जनाएका छन् ।

प्रतियोगिताको फाईनल खेल कार्तिक २२ गते हरिबोधनी एकादशीका दिन हुने छ । प्रतियोगिताका बेस्ट प्लेयर , बेस्ट स्पाईकर, बेष्ट डिफेन्डर, बेस्ट बलकर, बेष्ट सेटर , बेष्ट सर्बर लाई समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिएको खेल संयोजक खुम थापा मगरले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।