तानसेन स्तरीय भलिवलको उपाधि बौघागुम्हालाई

0
199

पाल्पा । तानसेन नगरपालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि तानसेन १३ बौघागुम्हाले चुमेको छ ।

तानसेन युवा परिषद्द्वारा तानसेनमा आयोजित वडास्तरीय प्रथम उक्त समूहले ७० हजार रुपैया“ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । वडा नंं १४ लाइ हराउ“दै १३ नंं वडाले उपाधि हात पारेको हो । परिषद्को आयोजनामा आइतबार र सोमबार खेल संचालन भएका थिए ।

खेलको समापन कार्यक्रमका प्रमुख अतिथि एवं तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले युवालाई खेलप्रति जागरूक बनाइ स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्ने नगरपालिकाको सोच रहेको बताए । उनले खेलका माध्यमबाट समाज, जिल्ला र देशलाई नै चिनाउन सकिने भएकोले पनि स्थानीय सरकारले खेलकुदको विकासलाई महत्व दिएको बताए ।

कार्यक्रममा तानसेन नगर युवा परिषद्का अध्यक्ष गुरास आत्रेयले युवा क्षेत्रको पहिचानका लागि प्रतियोगिता गरेको बताए । उनले खेल क्षेत्रले राष्ट्रलाइ नै चिनाउने भएकाले पाल्पालाई चिनाउन नगरपालिकाले विभिन्न खेलको आयोजना गरेको बताए । सोही प्रतियोगिताबाट १० जना खेलाडी समेत छनौट गरिएको र नगरस्तरीय समूह बनाइएको छ । तानसेन नगरपालिका युवा परिषद्ले आयोजना गरेको नकआउट सिस्टम भलिवल प्रतियोगितामा सहभागी ९ समूह सहभागी भएका थिए ।

प्रतियोगिताको विजेताले ७० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ४० हजार रुपैया नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ । यस्तै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई हुनेलाई १ र १ हजार रूपैया प्रदान गरिएको थियो । समापन कार्यक्रम परिषद्का महासचिव धनेन्द्रराज घिमिरेको संचालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।