परिषद्ले तानसेनमा भलिवल प्रतियोगिता गर्ने

0
140

पाल्पा । तानसेन नगरपालिकाद्धारा गठित तानसेन युवा परिषदले नगरपालिका स्तरिय भलिवल समुह बनाउने उदेश्यले यहि १७ गते आइतबारबाट भलिबल प्रतियोगिता गर्न लागेको छ ।

तानसेन नगरपालिकाका १४ वटा वडाका समुहहरु बिचमा हुने प्रतियोगिताबाट खेलाडीको छनौट गरि नगरपालिका स्तरिय समुह निर्माण गर्ने परिषदका अध्यक्ष गुरास आत्रेयले जानकारी दिए । प्रतियोगितामा प्रथम समुहलाई ७० हजार रुपैया र दोस्रो हुने समुहलाई ४० हजार रुपैया पुरस्कार राखिएको छ ।


तानसेन युवा परिषदले शुक्रबार बैठक बसेर प्रतियोगिता सम्पन्न गर्नको लागि नेपाली सेना, खेलकुद बिकास समिती पाल्पा र जिल्ला भलिबल संघ पाल्पा लाई प्राविधिक सहयोगको आग्रह गरेको छ भने पत्रकार, बुद्धिजिबी, खेलप्रेमीलाई १७ गते बाट शुरुहुने प्रतियोगितामा सहभागिता भई खेलाडिको हौसला बढाउन आग्रह गरेको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।