पाल्पाको यस्तो गाउँ जहाँ वर्षमा ४ पटक मारुनी नाचिन्छ

0
465

एवत सारु । (रम्भा) पाल्पा
तिहारको अवसर पारेर रम्भा गाउँपालिका–२, फोक्सिङ्गकोटको रानीबासमा मारुनी नाच नाचिएको छ ।

मगर समुदायमा नाचिने लोपोन्मुख मारुनी नाच फोक्सिङ्गकोटको रानीबास मात्र नाच्ने गरिन्छ । मारुनी नाचमा भर्खरका युवकहरुलाई फरिया, टिकीया, सारी, कण्ठ, चोली जस्ता ऐतिहासिक पहिरन पहि¥याई मारुनी तयार गरेर नाच नाच्ने गरिन्छ ।

मारुनीसंगै पुच्र्छुङ्गे र मादले समेत नाच्ने गर्छन । मारुनी नाचका रौराले गीतको थालनी गरेर दुई समूहमा नाचनेहरु नाच्ने गरिन्छ । सरस्वती देवीको वन्दना संगै रामायण, कृष्णलीला, ख्याली, डाँडी, मझौटे गीत यो नाचमा गाउने गरिन्छ । फोक्सिङ्गकोटको रानीबासमा हरेक वर्ष बडा दशैं, तिहार र हरिबोधनी एकादशीको भोली पल्ट तथा मंसीरे पुजाको भोलि पल्ट मारुनी नाच नाच्ने गरिन्छ ।
मारुनी नाचको माध्यमबाट गाउँको लागि रकम समेत जुटाउने गरिएको छ ।

संकलित रकमबाट खानेपानी, सामुदायिक भवन, मोटरबाटो निर्माण र मरम्मतमा खर्च गरिएको रौरा नरबहादुर सिंजालीले बताउनु भयो । नाचमा सहभागी हुन तानसेन, बुटवल तथा परदेश गएकाहरु समेत आउने गर्छन ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।