एक्लेबरका ३१ जना बिद्यार्थीलाई प्रहरीले शैक्षिक सामाग्री बाड्यो

0
109

पाल्पा । माथागढी गाउँपालिका वडा नं.३ एक्लेबर स्थित साहारा नमुना प्रा.बि पाल्पामा अध्ययनरत ३१ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बालिकाहरुलाई बिद्यालय जान प्रोत्साहित गर्ने, बालबालिकालाई घरेलु हिंसा, ट्राफिक, सामाजिक बिकृति तथा सरसफाई सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गरी सामुदायिक बिद्यालयहरु लक्षित विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई पठन पाठनको क्रम्मा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु बिवरण गर्ने उद्देश्यले प्रहरीमा शैक्षिक सामाग्री संकलन र बितरण हुँदैआएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा केन्द्र पाल्पाको सयुक्त आयोजनामा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, पाल्पाका एसपी दिपेन्द्र जि.सि, सामुदायिक सेवा केन्द्रका सदस्य दिनेश गन्धर्वको आतिथ्यतामा उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो ।

तानसेन निवासी माधव पाण्डे, मग्दुल मिया र डेक बहादुर लुहागुन मार्फत प्राप्त भएका शैक्षिक सामाग्रीहरु कपि, डटपेन, कटर, इरेजर र पेन्सिल बितरण गरिएको हो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।