दर्लमडाँडा पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषित्

0
216

नेत्र गैरे । पाल्पा

बगनासकाली गाउँपालिका –५ दर्लमडाँडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । गाउँपालिका ९ वटा मध्ये ७ वटा वडाहरुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिसकिएको र बाँकी २ वडामा छिट्टै सम्पन्न गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य चौकी दर्लमडाँडाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सिनियर अहेब रेश्मीराज न्यौपानेले गत आ. ब.मा वडाका २६ जना गर्ववती आमामध्ये सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसुती गराएको यस आ.ब.मा १० जना सुत्केरी आमाहरुलाई सस्थागत सुत्केरी गराएको बताए ।
गाउँपालिकाको वडा नं ५ दर्लमडाँडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले नयाँ संबिधानको कार्यन्वयनको चरणमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय प्रगति हासिल गरेको बताए । उनले ८४ बर्ष भन्दा बढी उमेर पुगेका जेष्ठ नागरिकलाई घर दैलोमा मै पुगि स्वास्थ्य परिक्षण गर्ने कामको शुरुवात गर्नुका साथै ७० बर्ष पुगेका जेष्ठ नागरिकलाई १ लाख रुपैया बराबरको स्वास्थ्य उपचार गर्ने सरकारको निति रहेको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले बगनासकाली गाउँपालिका लाई महिला मैत्री उज्यालो गाउँपालिका बनाउने अभियानमा आफुहरु अगाडी बढेकोे भन्दै समस्यालाई समाधान गर्दै समृद्ध गाउँपालिका बनाउने कार्यमा निरन्तर लागि परेको बताइन् ।

बगनासकाली गाउँपालिकाको वडा नं ६र ७ लाई मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा बाकीँ रहेको र छिट्टै नै पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मणिराम अधिकारीले बताए । घोषणा सभामा नेकपा गाउँ कमिटी सचिव कोशलराज न्यौपाने ,नेपाली काग्रेसका नारायण प्रसाद शर्मा , वडा ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना ,वडा २का अध्यक्ष टेकनाथ शर्मा ,मोतीलाल बश्याल , वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, युनाईटेड मिसन अस्पतालका सामुदायीक ईकाइ प्रमुख पार्वती गौतम , गाउँ कार्यपालिका सदस्य खुमादेवी भट्टराई ,बाल मैत्री कार्यक्रमका फोकल प्रसन मनोज आचार्य, पत्रकार ओम प्रकाश गैरे लगायतले नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीति अनुरुप जिल्लाको बगनासकाली गाउँपालिकाले वडा वडा बाट घरमै सुत्केरी हुने दर घटाउन सबैको पहल महत्ववपूर्ण हुने कुरामा जोड दिएका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिकाहरु ,स्वास्थ्य कर्मीहरु लगायतलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । घोषणा सभा कार्यक्रम वडा सचिव गोपाल प्रसाद न्यौपानेको सन्चालन वडा अध्यध्यक्ष इश्वर कुमार रानाको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।