खुकुरी प्रहार हुदा गुल्मीमा एक युवा गम्भीर घाइते

0
137

गुल्मी । खुकुरी प्रहार हुँदा गुल्मीमा एक युवा घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडा नं ३ का ३२ बर्षीय गोकर्ण खत्री र भाई २४ बर्षीय पदम खत्रीले वडा २ का २५ बर्षीय निरञ्जन महतलाई खुकुरी प्रहार गरेका हुन् ।

बुधबार मदाने गाउँपालिका ६ को पुर्कोदह जनप्रिय युवा क्लवले आयोजना गरेको कार्यक्रमबाट फर्कने क्रममा बिबाद हुँदा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पंकज तिवारीले जानकारी दिए ।

ढाडमा चोट लागेर गम्भीर घाइते महतलाई थप अपचारको लागि पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक तिवारीले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।