चन्द्र माविको ६८ औं बार्षिकोत्सव सम्पन्न

0
163

पाल्पा । चन्द्र माध्यमिक बिद्यालय बगनासकाली ९ चापपानी पाल्पाको ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

आइतवार बिद्यालयमा आयोजित बार्षिकोत्सव समारोहमा बिद्यालयका प्रधानाध्यापक लक्ष्मण अधिकारीले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयले गुणस्तरीय शिक्षाका लागिपरेको बताए । उनले हालैको बर्षबाट बिद्यालयमा सुरु भएको प्राविधिक शिक्षाबाट गाउँगाउँमै बालबालिकाहरुले घरकै आटो पिठो खाएर प्राविधिक शिक्षाको अवसर पाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्यालले चन्द्र माविले यस क्षेत्रमा गुणस्तरीय शिक्षा मार्फत राम्रा बिद्यार्थीहरु उत्पादन गर्र्दै आएको बताए । उनले आफु पनि यसै बिद्यालयको पुर्व बिद्यार्थी रहेको उल्लेख गर्दै भने–“अव समयको माग अनुसारको शिक्षा बिद्यार्थीहरुमा दिने गरि बिद्यालयले योजना बनाउनुपर्छ ।”

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामी, बगनासकाली गाउँपालिका शिक्षा शाखाका प्रमुख गुनाराम खनाल, प्रदेश नं ५ अर्थमन्त्रालयका लेखा अधिकृत लीला अर्याल, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, नेकपाका नेता भेषराज तिमिल्सिना, नेपाली कांग्रेसकी जिल्ला सदस्य सिता घिमिरे, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, पुर्व शिक्षक रामप्रसाद बस्याल, सिता माविका प्रअ तेजराज पाण्डे, पुर्व प्रअ हुम प्रसाद कोइराला, दर्लमडाँडा माविका अध्यक्ष मुक्तिराम शर्मा, बिद्यालयका शिक्षक छविलाल बस्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षता र शिक्षक कोपिला न्यौपाने र नारायण गैरेको संचालनमा कार्यक्रम चलेको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले पिटि तथा साँस्कृतिक प्रस्तुती समेत राखेका थिए । कार्यक्रममा बिद्यालयका उत्कृष्ट बिद्यार्थी शिक्षकहरुलाई सम्मान ताथ पुरस्कृत समेत गरिएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।