फोक्सिङकोटमा भलिबल प्रतियोगिता सम्पन्न

0
905

एवत सारु । (रम्भा) पाल्पा
द रिमीघा लेक साईड युवा क्लब रम्भा गाउँपालिका २ फोक्सिङ्गकोट बोरोङ्गसेले १६ औं वार्षिकोत्सव तथा विजया दशमी एवम तिहारको अवसर पारेर आयोजना गरेको खुला पुरुष तथा महिला भलिबल खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा पुरुष तर्फ आयोजक द रिमीघा लेक साईड युवा क्लब बोरोङ्गसे प्रथम, जन कल्याण युवा क्लब पिपलडाँडा दोश्रो, आयोजक द रिमीघा लेक साईड युवा क्लब बोरोङ्गसे “ख” समूह तेश्रो तथा दिव्य ज्योति युवा क्लब कोटथर सान्त्वना भएका छन् । यसैगरि महिला तर्फको खेलमा नव सिर्जना युवा क्लब झोकेदी प्रथम, दिव्य ज्योति युवा क्लब कोटथर दोश्रो तथा कुवादी युवा क्लब कुवादी तेश्रा भएका छन । ५ दिन सम्म संचालित प्रतियोगिताका विजयी समूहलाई नगद पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन रमाईलो साँस्कृतिक कार्यक्रम सहित लोक नृत्य प्रतियोगिता संचालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिरबहादुर रानाले बडा दशैं तथा तिहारको शुभकामना दिंदै युवाहरु सिर्जनशील भएर खेलकुदका साथै आफ्नो व्यक्तित्व विकासमा लागि परे समाज परिवर्तन हुन समय नलाग्ने बताए । विशिष्ट अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले देश विकास र समाज परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहने हुँदा युवा शक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ज्ञानबहादुर गाहा, हिमालदत्त श्रेष्ठ, झमनबहादुर राजमगर, लक्ष्मण हिताङ्ग, रम्भा गाउँपालिका २ का वडा अध्यक्ष उमानसिं सारु, टकबहादुर फाल, दलबहादुर आले लगायतले क्लबको प्रगतीको शुभकामना दिनु भएको थियो । कार्यक्रममा आर्थिक सहयोग गर्ने महानुभावहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको बीचबीचमा रमाईलो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष डम्मरबहादुर आलेको अध्यक्षता र सचिव करण गाहाको संचालनमा कार्यक्रम चलेको कार्यक्रम संयोजक प्रकाश फालले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।