बहादुरपुरका उत्साही जनप्रतिनिधि डिल बहादुर

0
314

पाल्पा । माथागढी गाउँपालिका वडा नं. ८ बहादुरपुरका वडा अध्यक्ष डिल बहादुर ढेंगालाई जनप्रतिनिधि भएपछि काम गर्ने थप उत्साह बढेको छ । गाउमै बस्ने र जनताको सेवा गर्नमा उनी ब्यस्त छन् ।

४५ वर्षीय ढेंगा बावु तेज बहादुर ढेंगा र आमा सिरादेवी ढेंगाको कोखबाट जन्मेका हुन् । उनका १ छोरा र २ छोरी छन् । उनको दैनिकीमा उनकी श्रमति उनीसरा ढेंगाले थप उत्साह दिएकी छन् । उनलाई स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बहादुरपुरका जनताले वडाअध्यक्षमा जिताएका थिए । त्यसअघि पनि राजनीति र सामाजिक सेवाका माध्यमबाट समुदायमा आफ्नो बेग्लै पहिचान बनाएका डिल बहादुरलाई स्थानीय जनताले आफ्नो सच्चा जनप्रतिनिधिको रुपमा बुझेका छन् ।
जनप्रतिनिधि नहुदै पनि उनले बहादुरपुरका १ सय ५५ घरमा बिजुली बत्ती पुर्याउन अग्रणी भूमिका खेलेका थिए । उनी जनप्रतिनिधि भएपछि थप ९० घरमा बिजुली बलेको छ । भुल्केखोला खानेपानी, मुलाबारी खानेपानी र ढाक्रेघाट खानेपानी मार्फत स्थानीय २ सय ४० बढी घरमा स्वच्छ खानेपानी उपलब्ध भएको छ ।

उनी जनप्रतिनिधि भएपछि देउराली टोलबाट वडा कार्यालय ताकातुङसम्म जाने बाटो स्तरोन्नती गरिएको छ । त्यस्तै वडा कार्यालयबाट रहबास हुँदै गाउपालिका कार्यालय जाने बाटोको पनि स्तरोन्नतीको काम भएको छ । टारीखेत, मुडेथुम्का, मलौटाखेतमा वडा र गाउपालिकाको बजेट सिंचाई ब्यवस्थापन भएको छ । वडाभित्र प्लाष्टिक टनेल १ सय ५० वटा, हाते ट्याक्टर ४ वटा बितरण गरिएको छ । जसका कारण यहाँ कृषिमा आधुनिकीकरण समेत बढेको छ । वडाले विकास योजनाहरुमा समय सापेक्ष योजना बनाएर अगाडि बढेको उनले बताए ।

बहादुरपुर पाल्पा जिल्लाकै बिकट वडाभित्र पर्छ । पहिले गाविस पनि यो ठाउलाई जिल्लाकै बिकटकै रुपमा लिइन्थ्यो । यो क्षेत्रमा आउन जानको लागि सहज यातायात ब्यवस्थापन गर्नु मुख्य चुनौती रहेको उनले बताए । पुर्वखोला गाउपालिकाको जल्पा हुंदै यहा“ पुगिन्छ तर यो बाटो निकै अप्ठेरो छ । यो बाटोको उचित स्तरोन्नती आवश्यक छ । यसका लागि सरकारले समेत बढी प्राथमिकता दिनुपर्ने उनको धारणा छ । जनप्रतिनिधि हुन भन्दा अगाडि तानसेनमा होटल ब्यवसाय समेत गरेका डिल बहादुर अहिले ग्रामीण क्षेत्रमै काम गर्न ब्यस्त छन् ।

यो क्षेत्रमा समुदाय साक्षरता, चेतना बिस्तार सहित अन्य विकास निर्माण योजनाका लागि पनि सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत चासो दिनुपर्ने उनको भनाई छ । गाउपालिकाले समेत बिकास योजनामा अति आवश्यक रहेका वडाहरुलाई बढी प्राथमिकता दिएर बजेट बिनियोजन गर्नुपर्ने उनले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।