दशैं बिदामा रानीमहल पुग्नेहरु बढे

0
166

पाल्पा । दशैं बिदामा रानीमहल पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।

तानसेन नगरपालिका १३ बौघागुम्हा स्थित कालीगण्डकी किनारमा रहेको रानीघाट दरवार (रानीमहल) मा पुग्ने, पारिवारिक तस्बिर खिच्ने र सामाजिक सञ्जालमा राख्नेहरुको संखय बाक्लो छ ।

प्रेमसग जोडेर भारतको आग्राको ताजमहलसग तुलना गरी “नेपालको ताजमहल” समेत भनेर चिनिने यो दरवारको धीरशमशेरका छोरा एवं पाल्पा गौंडाका तत्कालीन तैनाथवाला र पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारी देवीको वि.स. १९४९ मा पाल्पामै रहेको वेला निधन भए पछि उनकै सम्झनामा निर्माण गरेका थिए ।

वि.स. १९४९ मा शिलान्याश भई वि.स. १९५४ मा उक्त दरवारको निर्माण कार्य सम्पन्न भएको थियो । उक्त दरवार निर्माण कार्य सम्पन्न भएपछि दरवारमा आकर्षक फर्निचर एवम् सजावटका सामग्रीहरु राखिएको थियो । दरवार निर्माण कार्य सम्पन्न भएपछि त्यही दरवारमा रात बिताउने गरेका खड्गसम्सेरले प्रायः जसो रातीको समयमा आफ्नो दिंवगत श्रीमतिको सम्झनामा चिच्याउने गरेको किंवदन्तीमा उल्लेख छ ।

तीनतले उक्त दरबार भारतको कलकत्तामा रहेका बेलायती इन्जिनियरहरुको डिजाईनबाट निर्माण गरिएको हो । दरबारमा २४ कोठा रहेका छन् । दरबारको एकातर्फको बुर्जाको जग कालीगण्डकी नदीमै रहेको छ । ५–१५–०–२ रोपनी क्षेत्रफल समेटेको सोे दरबार भित्रै पोखरी, मन्दिर, बगैंचा, सित्तलपाटी, घोडा बाध्ने तवला, भक्तिनीहरु बस्ने स्थल आदि रहेका छन् ।

तस्बिरः गुगल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।