वडा स्तरीय भलिबल र मैत्रीपुर्ण फुटवल प्रतियोगिता हुने

0
244

पाल्पा । तानसेन युवा परिषदले नेपालीहरुको महान चाडको अवसरमा सम्पुर्णलाई शुभकामना सहित मैन्त्रिपुर्ण फुटबल र तानसेन वडा स्तरिय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

तानसेन युवा परिषदको बैठकले यहि कार्तिक १७ गते देखि तानसेन नगरपालिकाको १४ वटा वडा स्तरिय भलिवल प्रतियोगिता गर्ने निर्णय गरेको परिषदका अध्यक्ष गुरास आत्रेयले बताए । अध्यक्ष आत्रेयका अनुसार तानसेनको वडा स्तरिय प्रतियोगिताबाट खेलाडिहरु चयन गरेर नगरपालिका स्तरिय भलिबल टिम बनाउने उदेश्यले प्रतियोगिता राखिएको हो । तानसेन नगरपालिकाको स्थायी बासिन्दाले मात्र भाग लिन पाउने यो प्रतियोगितामा प्रथम हुनेलाई ७० हजार र दोस्रोे हुनेलाई ५० हजार राशिको पुरस्कार साथै मेडल, शिल्ड र प्रमाण पत्रको व्यवस्था रहेको छ ।

प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कारको समेत व्यवस्था गरिएको परिषदका सचिव धनेन्द्र घिमिरेले जानकारी दिए । साथै तानसेन युवा परिषदले दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा मैन्त्रिपुर्ण फुटवल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगितामा तानसेन युवा परिषद, तानसेन नगरपालिका जनप्रतिनिधी, तानसेन नगरपालिका कर्मचारी, नेपाल पत्रकार महासघ पाल्पा लगायतका टिमबिच हुनेछ ।

तानसेन युवा परिषद बैठकमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले युवा स्वरोजगार बृद्धिका लागी नगरपालिकाले कर्जा, उत्पादन र बजार व्यवस्थापन लगायतका क्षेत्रमा काम गरिरहेकाले युवाहरुले यसबाट फाईदा लिन आग्रह गरे । रचनात्मकता र क्रियाशिलतानै युवाको पहिचान भएकाले समृद्धीको लागी युवाको कार्यनै मुलुकको लागी अपरिहार्य रहेको मेयर शाहिले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।