दशैंको बेला सामाजिक सुरक्षा भत्ता बितरण, जेष्ठ नागरिक खुशी

0
150

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटले आर्थिक वर्ष २०७६।७७ को पहिलो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । साउन देखि कार्तिक सम्म ४ महिनाको भत्ता वितरण गरिएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्ता बृद्घि गरेकोले यस पटक ४२ लाख ६३ हजार २०० रुपिया वितरण गरिएको छ । फोक्सिङ्गकोटमा यस पटक २०३ जना ज्येष्ठ नागरिकलाई चौमासिक १२ हजारका दरले २४ लाख ३६ हजार, १६४ जना एकल तथा विधवा महिलालाई चौमासिक ८ हजारका दरले १३ लाख १२ हजार तथा २२ जना दलित ज्येष्ठ नागरिकलाई चौमासिक ८ हजारका दर १ लाख ७६ हजार रुपिया वितरण गरिएको छ ।

यसै गरि २७ जना आंशिक अपाङ्गलाई चौमासिक ६ हजार ४०० का दरले १ लाख ७२ हजार ८००, ८ जना पूर्ण अपाङ्गलाई चौमासिक १२ हजारका दरले ९६ हजार तथा ४४ जना दलित बालबालिकालाई चौमासिक १ हजार ६०० का दरले चौमासिक ७० हजार ४०० रुपिया वितरण गरिएको छ । सेवाग्राहीलाई सुविधा पु¥याउनको लागि फोक्सिङ्गकोटको रानीबास, वडा कार्यालय, बेलौजा, खर्केहान, नम्ताहा, झोकेदी र सुरुमडाँडा गरि ७ स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव धनकुमारी सारुले बताइन् ।

जनप्रतिनिधिको रोहवर र उपस्थितीमा वडा कार्यालयका कर्मचारीले भत्ता वितरण गरेको वडा अध्यक्ष उमानसिं सारुले बताए । वडा दशैंको मुखैमा भत्ता पाए पछि लाभग्राही खुशी भएका छन् । सरकारले ७० वर्ष माथि उमेर पुगेकालाइ ज्येष्ठ नागरिक, ६० वर्ष माथि उमेर पुगेका दलितलाई दलित ज्येष्ठ नागरिक तथा श्रीमानको मृत्यु भएको महिला वा ६० वर्ष माथिका अविवाहित वा सम्बन्ध विच्छेद गरि बसेका महिलालाई एकल महिला भनि सामाजिक सुरक्षा भत्ताको सुविधा दिंदै आएको छ । ५ वर्ष मुनिका दलितका सन्तानलाई मासिक ४०० तथा अपाङ्गगताको अवस्था हेरी लिईएका रातो, निलो, पहेंलो र सेतो कार्डका आधारमा अपाङ्ग भत्ता दिदैं आएको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।