जल्पा पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषित्

0
199

पाल्पा । पुर्बखोला गाउँपालिका वडा नं. २ जल्पालाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।

स्वास्थ शाखा पुर्वखोलाले घर घरमा, असुरक्षित र जोखिम पुर्ण तरिकाले सुत्केरी हुने बच्चा र आमाको स्वास्थमा गम्भीर असर पर्ने अवस्थालाइ निरुत्साहित गर्ने
तरिकाले उद्देश्यले , आफ्नो वडामा नै सुरक्षित तरिकाले ,सुत्केरी सेवा दिनको लागि ,तरिकाले भौतिक ,पुर्बाधार दक्ष जनशक्तिको ब्यबस्था गर्दै सम्पुर्ण वडालाई पुर्ण सस्थागत सुत्केरी वडा बनाउने अभियानमा लागिपरेको छ ।

दशै अघि नै सिलुवा पनि पुर्ण संस्थागत सुत्केरी वडा घोषणा हुने गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले बताए । २०७५ चैत्र देखि सुत्केरी सेवा दिन थालेको जल्पा स्वास्थ चौकीमा जल्पाको १३ जना र माथागधी गा पा को ८ जना गरि ६ महिनामा २१ जना सुत्केरी भएको स्वास्थ चौकी प्रमुख पदम दर्लामीले बताए ।
कार्यक्रममा ८६ जना भन्दा बढी सरोकारवालाहरु, स्वास्थ साखा प्रमुख श्रीराज आचार्य, जिल्ला स्वास्थ कार्यलय पाल्पाका प्रमुख विश्व नाथ न्यौपाने,सुआहारा कार्यक्रमका दिनेश घिमिरे , गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई , स्वास्थ शाखा उपप्रमुख मोहन ढकाल लगायत्ले आ आफ्नो भनाइ राखेका थिए । वडा अध्यक्ष नीर बा सारुको अध्यक्षतामा चलेको कार्यक्रम वडा सचिव पुर्ण चितौरेले सञ्चालन गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।