गाँबुडाँडामा भलिबल खेल सम्पन्न

0
322

एवत सारु । (रम्भा) पाल्पा
रेन ड्रप युवा क्लब रम्भा गाउँपालिका –२ गाबुडाँडा पाल्पाको दोश्रो वार्षिकोत्सवको अवसरमा संचालन गरिएको खुल्ला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ ।

६ दिन सम्म संचालन गरिएको प्रतियोगितामा गल्याङ्ग युथ क्लब गल्याङ्ग पहिलो, आयोजक रेन ड्रप युथ क्लब फोक्सिङ्गकोट दोश्रो र मसल्याङ्ग युवा क्लब हुँगी तेश्रा भएका छन् ।

प्रतियोगितामा आकाश पुनलाई उत्कृष्ट खेलाडी घोषणा गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा रम्भा गाउँकार्यपालिका सदस्य सरस्वती वि.क. ले पहिलो हुने समूह गल्याङ्ग युथ क्लबलाई नगद रु २५ हजार र प्रमाण पत्र, दोश्रो हुने समूह रेन ड्रप युथ क्लबलाई नगद रु १५ हजार र प्रमाण पत्र तथा तेश्रो हुने मसल्याङ्ग युवा क्लबलाई नगद रु १० हजार र प्रमाण पत्र प्रदान गरे ।

प्रतियोगितामा २१ समूहको सहभागीता रहेको क्लबका सदस्य देवबहादुर सारुले बताए । पुरस्कार वितरण कार्यक्रम क्लबका अध्यक्ष अमानसिं सारुको अध्यक्षता र सदस्य उमानसिं जर्घाको संचालनमा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।