बराङ्दी पुर्ण संस्थागत सुत्केरी वडा घोषित्

0
129

दयाराज न्यौपाने । पाल्पा
जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा स्वास्थ्य चौकीको प्रतिबेदन प्रस्तुत गर्दै सिनियर अहेब गोम बहादुर क्षेत्रीले यस बर्ष २२ जना मध्य क्षेत्र भित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसुती गराएको तथा १ बर्ष भित्रका ३२ जना र २ बर्ष भित्रका ४२ जना सम्पुर्ण मापदण्ड पूरा गरेको बताए ।

पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्यालले सबैको सहयोगले मात्र आभियान सफल हुनेमा बिश्वास व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले उज्यालो गाउँपालिका बनाउने अभियान रहेको भन्दै समस्यालाई समाधान गर्दै समृद्ध बनाउने कार्यमा निरन्तर लागि परेको बताइन् ।
गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमका लागी गाउँपालिकाले बाल मैत्री शासन कार्यक्रम बाट प्रति वडा २० हजार रकम उपलब्ध गराएको र घरमै सुत्केरी हुने दरलाई शुन्यमा परिणत गराउन पालिका लागिपरेको बताए ।
बगनासकाली गाउँपालिकाको यस अघि वडा नं २ १,र ३ वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिसकिएको छ । बाँकी वडाहरुलाई पनि कात्तिक मसान्त भित्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मणिराम अधिकारीले बताए ।

घोषणा सभामा नेकपाका हरिलाल बश्याल,नेपाली काग्रेसका ओम प्रकाश घिमिरे, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना ,वडा २ का अध्यक्ष टेकनाथ सर्मा ,मोतीलाल बश्याल , सुआहारा कार्यक्रमका प्रमुख कृष्ण गुरुङ ,बाल मैत्री कार्यक्रमका फोकल प्रसन मनोज आचार्य पत्रकार दयाराज न्यौपाने, लक्ष्मी बश्याल लगायतले नेपाल सरकारको संस्थागत सुत्केर बढाउने नीति अनुरुप पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले वडा वडा बाट घरमै सुत्केरी हुने दर घटाउन सबैको पहल महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेबिकाहरु ,स्वास्थ्य कर्मीहरु लगायतलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । घोषणा सभा स्वास्थ्य चौकी प्रमुख माया गैरेको सञ्चालन र वडा अध्यक्ष गणेश प्रसाद बश्यालको अध्यक्षता चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।