दशैंको मुखमा खसी बोकाको मुल्य बढेपछि किसान हर्षित

0
738

डिल्ली राज पंगेनी । पुर्वखोला (पाल्पा)
पुर्वखोला गाउपालिका १ सिलुवा मनकामना सामाजिक उद्यमी महिला बहुउद्देश्यीय सहकारी संथाले जिउदो खसी बोकाको मुल्य समायोजन गरेको छ ।

यस सहकारीले सिलुवा क्षेत्रमा उत्पादित भएका खसी बोका सहकारी मार्फत बजारीकरण गर्दै आएको छ । उत्पादित खसी बोका सहकारी मार्फत सजिलै विक्री वितरण गर्न पाउने र किसानहरु पनि मर्का नपर्ने भएपछि किसानहरु खुशी भएका छन् ।

उपाध्यक्ष सरस्वती वि.कको अध्यक्षतामा व्यवस्थापक अमृत मगरको सञ्चालन र रेडा पाल्पाका सहजकर्ता झपेन्द्र भण्डारी र निरन्जन पंगेनीको सहजीकरण पछि मुल्य समायोजन गरिएको थियो ।

कार्यक्रममा सहकारीका पधाधिकारी, कर्मचारी किसान , खसी बोका खरिदकर्ता , पशु प्राविधिक हरुको विचमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । जसमा ज्युदोमै २० के.जि भन्दा तल रु ३२० प्रति के.जि २०.५ के.जि देखि २५ के.जि सम्म रु ३६० प्रति के.जि २५.५ के.जि ३० के.जि सम्म रु ३८० प्रति के.जि ३०.५ के.जि देखि ४० के.जि कम्म रु ४२० प्रति के.जि र ४०.५ भन्दा माथि रु ४५० प्रति के.जि दरले मूल्य निर्धारण गरेको छ । स्थानीय बाख्रा पालका रिमिसरा दर्ला्मिले आफुहरु खसी बोकाको यस मूल्य बाट अझ जोस बढेको बताइन् ।

यस सहकारी मार्फत गत वर्ष ३५० खसी बोका बिक्रि वितरण गरी प्रति के.जि ५ रुपैयाको दरले सहकारीले राख्ने गरेको संथाका उपाध्यक्ष सरस्वती विकले जानकारी गराइन् । उनले २ वटा संकलन केन्द्र वाट संकलन गरी बुटवल वालिङ ,तानसेन पोखरा सम्म पुग्ने गरेको बताइन् । किसान हरुलाई बजारीकरण,शुशासन ,व्यवसाय व्यवथापन हेफर र रेडाले संयुक्त रुपमा सहयोग गदै आएका छन् । यस संथाले यस बर्ष करीब ५ सय खसी बोका खरिद विक्री गर्ने उद्देश्य राखेको सहकारीका व्यवस्थापक अमृत मगरले बताए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।