बाढीले ल्याएको दाउरा बट्याउँदै गर्दा गुरु बहादुर बेपत्ता, नदीले बगाएको आशंका

0
229

पाल्पा । अविरल वर्षा भइरहेका बेला कालीगण्डकी नदीमा दाउरा छोप्ने क्रममा बुधवार नदीमा एक व्यक्ति बेपत्ता भएका छन् । बगनासकाली गाउँपालिका वडा नं. ६ दुर्पकका ४० वर्षीय गुरु बहादुर बोटे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुधबार दिउँसो ३ बजे नदीको सतह बढेको र बाढीले ल्याएको दाउरा छोप्ने क्रममा बोटे बेपत्ता भएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । उनलाई नदीले बगाएर बेपत्ता भएको आशंकामा उनको खोजी जारी रहेको छ । दिउँसो २ः३० सम्म नदी छेउमै दाउरा छोपिरहेका बोटे अचानक बेपत्ता भएका थिए ।

राम्दी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खडानन्द भुसालको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो फाइल

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।