बर्खाले गाउँको बाटो बिगार्यो, यात्रुलाई सास्ती

0
859

डिल्लीराज पंगेनी । (पुर्वखोला), एवत सारु (रम्भा)
बर्षाको कारणले पूर्वखोला गाउँपालिकाका मानिसहरुलाइ आवाज जावत गर्न कठिनाइ भएको छ । पूर्वखोलाको मूख्य केन्द्र भयको ठाउँसम्म नियमित बस संचालन भएपनि पछिल्लो केही दिन अघि परेको पानीले कच्ची सडक धुजा धुजा गराएपछि निकै समस्या देखिएको छ ।

रामपुर सडक खन्डको स्याफत तथा सिलुवा क्षेत्रमा हिलो बढि भै गाडी फस्ने र गाडीहरु घन्टौसम्म जाम हुने गरेको छ । यसै पूर्वखोला गाउँपालिकाको भित्री बाटाहरु समेत भत्केका छन् । पूर्वखोलाको तामाखानी सम्म पुग्ने पालिका ढाक्रेवास भयर तथा स्याफत पनि सामान्य बाइक समेत चल्न नसक्ने गरि भत्कियको स्थानिय गाडी संचालक संजय पंगेनीले बताए ।
यस्तै पूर्वखोला ५ बिरकोटमा गणपती माध्यमिक बिद्यालय तथा जनकल्याण आ बि मा अध्ययन गर्न आउने बालबालिका समेत पहिरोको कारण बिद्यालय आवाज जावत गर्न कठिन भएको छ । आफरडाडा नजिक ठुलो पहिरो गयको कारण बिद्यार्थीलाइ आउन जान असहज र्भको स्थानीय शिक्षिका सिमा श्रेठले बताइन् ।

उता रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा गएको एक साता देखि यातायात सेवा अवरुद्घ भएको छ । गएको शुक्रवार परेको पानीको कारण रानीबासको लम्भारमा मोटरबाटो भासिए पछि सवारी साधन संचालन हुन सकेको छैन ।

स्थानीयवासीले भासीएको ठाउँमा माटो भर्ने काम गरे पनि दिनहुँ पर्ने पानीले माटो बगाउँदा बाटो अवरुद्घ बनेको छ । तानसेन जाने जीप छुट्न नसकेपछि स्थानीयवासी हिंडेर गाउँपालिका तथा सदरमुकाम तानसेन जान बाध्य भएका छन् । फोक्सिङ्गकोटको पश्चिम भेगका रानीबास, झर्लेङ्ग, कोटथर, भञ्ज्याङ्गथोक, ढुङ्गे, फोक्सिङ्गडाँडा गाउँका करिब ३०० घरका बासीन्दा सडक सुविधाबाट बञ्चित भएका हुन । यस्ते फोक्सिङ्गकोटको पुर्वी नाका हुँदै तानसेन जाने रिमीघा लेकको लभडाँडामा पहिरो गएकोले पुर्वी भेगका जनता समेत यातायात सेवाबाट वञ्चित हुनु परेको छ । लभडाडामा जाने पहिरो हटाउन स्थानीय नम्ताहा गाउँका युवा तथा प्रहरी चौकी ताहुँको पहलमा बाटो खोल्ने काम भएपनि लगातार पानी पर्दा बाटो अवरुद्घ भएको छ ।

वर्षात मत्थर भएपछि गाउँपालिकाको पहलमा बाटो सफा गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । यस वर्ष मोटरबाटो फराकिलो पार्न बाटो खनेको तर भल व्यवस्थापन नगरिंदा यस्तो अवस्था आएको स्थानीयवासीको गुनासो रहेको छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।