दुर्गम सहलकोटका महिलाहरु सहकारी मार्फत अब्बल बन्दैछन्

0
332

नेत्र गैरे । पाल्पा
जिल्लाको सदरमुकाम तानसेन देखि ९० किलोमिटर सुदुर पुर्व सहलकोट बिकास निर्माणको क्षेत्रमा पछि रहे पनि सामाजिक बिकास संस्कार संस्किृती संरक्षणमा संगठित भै समुहगत रुपमा काम गर्न अग्रसर रहेकाछन् । निस्दी गाउँपालिका वडा नं. २ सहलकोटका महिलाहरु सामाजिक आर्थिक रुपमा सवल र सक्षम भै महिला सहकारी संचालन गरेको पाईन्छ ।

एउटै मन, एउटै सोच भएका सहलकोट गाउँका ३ सय १७ जना महिलाहरु संगठित भई सामाजिक सद्भाव, क्षमता बिकास, नेतृत्व बिकास र व्यक्तिगत तथा सामुहिक आर्थिक समृद्धिको बृहत सोचका साथ जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था गठन गरेको अध्यक्ष राममाया लामिछानेले बताउँछिन । उनी भन्छिन,‘ सुरुका दिनमा २०६४ सालमा जनबिकास तथा परिचालन केन्द्र र हेफर इन्टरनेशनलले समुहगत रुपमा तरकारीको नर्सरी बनाई खेतीगर्ने र त्यसको उचित बजारीकरणका सथै सहकारी शिक्षाको बारेमा सिकाए पछि आफुहरु त्यसतर्फ उत्प्रेरित भएको हो ।’

बि.सं. २०७२ सालमा हेफर इन्टरनेशनलको आर्थिक सहयोग र जन बिकास परिचालन केन्द्र पाल्पाका कार्यकारी निर्देशक देबीलाल लामिछानेको सक्रियतामा प्राप्त ४६ लाख ५० हजार प्राप्त बिउपुँजी बाट सुरु गरिएको सहकारी संस्था हाल कारोवार पुँजी ८९ लाख पु¥याएको सहकारी व्यवस्थापक निर्मला बाकावल बताउँछिन । सहकारीको कार्यक्षेत्र वडा नम्बर २ सहलकोटका एक घर एक महिला सदस्य रहेकोमा हाल वडा नम्बर १ बाकामलाङ र वडा नम्बर ३ झिरुबासमा कार्यक्षेत्र बिस्तारको स्विकृती निस्दी गाउँपालिकाबाट लिएको उनी बताउँछिन ।
यस आ.ब.को अन्त्यमा सहकारीको पुँजी १ करोड ५० लाख र शेयर सदस्यता संख्या १ हजार पु¥याउने लक्ष्य रहेको अध्यक्ष राममायाको भनाई छ । निस्दी गाउँपालिकामा हाल जम्मा १९ सहकारी रहेकोमा ४ वटा महिला सहकारी रहेकाछन् । जलदेवी सहकारी सस्थाका कृषकहरुको तरकारी खेतीको उत्पादन बढाउन गत आ.ब.मा जिल्ला भू संरक्षण कार्यालय पाल्पाबाट ७० हजार लिटर क्षमताको पानी टंकी भाङबारी टोलमा निर्माण गरि तरकारी समुहलाई प्रोत्साहन गरेको उनी बताउँछिन् ।

निस्दी गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार एक वडा एक उत्पादनको कार्यक्रममा यो वडालाई तरकारीको पकेटको रुपमा बिकास गर्ने निति अनुसार जलदेवी सहकारी संग सहकार्य गरि काम सुरु गरिएको वडाध्यक्ष पुर्ण बहादुर थापाले बताए । उनका अनुसार सहकारी आवद्ध २० जना महिला कृषक बाट मौसमी तथा बेमौसमी तरकारी उत्पादन तथा बिक्रि गरेर ७० लाख कमाई भएको बताउछन् ।

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सस्थाले हाल बुटवलमा स्थापना गर्न लागेको पशु बधशाला ३ सय जना सहकारी सदस्यबाट शेयर सदस्यता लिएको अध्यक्ष लामिछानेले बताइन । सहकारीले जिल्ला सहकारी संघ पाल्पाद्धारा सदस्यता प्राप्त गरेको सहकारी अध्यक्ष राममायाको भनाई छ । उनका अनुसार सहकारीले हाल बाख्रापालन तरकारी खेती गरेको र बजारीकरणको लागि स्थानिय बजार रामपुरमा पठाइएको र बुटवलको बधशाला निर्माण पछि उहिँबाट बजारिकरणको काम गरिने छ ।

सहकारीले कृषकबाट उत्पादित अम्रिसो, बोका खसी खरिद गरि बाहिरी बजारमा निर्यात गरेको र जसबाट संस्थाको कोषमा प्रति किलो १० रुपैयाँ राखिएको सहकारीले जनाएको छ । साथै सहकारीमा आवद्ध सदस्यहरुलाई उन्नत जातको बाख्रा पालनमा प्रोत्साहन गरि खसि बोका निर्यात गरि किसानले ४२ लाख आम्दानी गर्ने लक्ष्य सहकारीले लिएको पशु प्राविधिक गगन सिह दर्लामी बताउछन । हाल सहकारी मार्फत ४ सय भन्दा बढी बाख्राको बिमा गरिएको पशु बिमा कर्ता चिनुमाया पाँडे राना बताउँछिन । गत आ. ब. २०७५÷०७६ मा प्रदेश नं. ५ सरकारको १५ लाख र सहकारीबाट ३ लाख ५० हजारको लगानीमा १० जना कृषकलाई १० वटा टनेल निर्माण गरिएको, गाउँपालिकाको गत आ.ब.को लक्षितबर्गको कार्यक्रम अन्र्तगत प्राप्त ४ लाख बजेटबाट सहकारी मार्फत तालिम, फरक क्षमता भएका बालबालिकाहरु लाई छात्रवृत्ती तथा सामाग्री बितरणका साथै जेष्ठ नागरिकहरु लाई सम्मान गरेको, सहकारीका सदस्यहरुलाई क्रिया खर्च सहयोग, आय आर्जन तालिमका साथै सुत्केरी आमाहरुलाई पोषण खर्च दिदँै आएको, जिल्ला भेटेनरी पशु रिसर्च सेन्टर पाल्पा र सहकारी मार्फत बोयर जातको बोका प्राप्त गरि उत्पादन बृद्धिमा सहयोग पुगेको सहकारीले जनाएको छ ।

जिल्ला समन्वय समिति सदस्य तथा सहकारी सेयर सदस्य खरगती रानाले महिलाकै हितमा महिला कै नेतृत्वमा चलेको जलदेवी सहकारीले महिलाहरुको आय आर्जनमा सघाउ पु¥याएको बताईन । कृषकहरुलाई बिना धितो ऋण लगानी गर्न कुनै समस्या नरहेको लेखा संयोजक रेवती बाकावल बताउँछीन् । सहकारी मार्फत कृषकहरुलाई ऋण तथा सेवा सुविधा प्रवाह गर्दा सफ्टवेयरको प्रयोग बाट काम गर्ने तयारी भैरहेको व्यवस्थापक निर्मला बाकावल बताउँछिन । सहकारीको व्यवस्थापन तालिम बजारीकरणका लागि स्थापनाकाल देखि आफुले सघाउदै आएको जन बिकास परिचालन केन्द्र पाल्पाका कार्यकारी निर्देशक तथा समाजसेवी देबीलाल लामिछानको भनाइ छ ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।