बाल दिवसमा निस्दीमा बिविध कार्यक्रम सम्पन्न

0
136

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मित्यालमा सम्पन्न भएको छ ।

निस्दी गाउँपालिकाको आर्थिक सहयोग तथा इन्द्रेणी समाज केन्द्र नेपालको समन्वय र ४ नम्बर वडा कार्यालय मित्यालको आयोजना कार्यक्रम भएको हो । वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल रहेका थिए ।

बाल दिवसको अवसरमा आयोजित १७ समुहको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा गौरीशंकर मावि प्रथम, समाज सुधार बाल क्लब द्धितिय र जलदेवी आधारभूत विद्यालय तृतीय भएका छन् ।

त्यस्तै बालगीत प्रतियोगितामा १२ वटा समुहले बाल अधिकार शीर्षकमा बालगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी बस्याल, नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चा , गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारी, समाजसेवी सन्तवीर सुनारी, महिला वडा सदस्य हेम कुमारी सुनारी लगायतले बोलेका थिए । कार्यक्रमको संचालन वडा सहायक सहवीर खनगाहाले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।