रामपुरमा नाचियो लाखे, नेवार समुदायका जेष्ठ नागरिक पनि सम्मानित

0
320

बन्दना पोखरेल । (रामपुर) पाल्पा
अघिल्ला बर्षहरुमा जस्तै यस वर्ष पनि रामपुरमा नेवार समाजको आयोजनामा लाखे नाच प्रदर्शनी गरिएको छ । ११ औं संस्करणको रुपमा हाम्रो पहिचान सस्कृतिको सम्मान भन्ने नाराका साथ भएको लाखे नाचमा पाल्पा स्यांङ्जा तनहुबाट १८ समुह सहभागी भएका थिए दिन भर नै झरी लाखेपनि लाखे उत्साहमा भने कमि देखिएन ।

विभिन्न ठाउँबाट प्रर्दशनीमा आएका समुहहरुले आफ्नो विषेशता झल्कने मैलिक पोषाक सहित विभिन्न नाम लेखिएका व्यानर बोकेर आएका थिए । औपचारिक कार्यक्रमका साथ भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश न ५ का प्रदेश सांसद युबराज खनाल रहेका थिए । उनले प्रकृति सँग जोडिएको इतिहास बोकेको लाखेनाच नेबार समुदायको मात्र नभई यो सवै नेपालीको पहिचान रहेको बताए ।

कार्यक्रममा नेवार समाज रामपुरका सल्लाहाकार राजु प्रसाद श्रेष्ठले बोल्दै भक्तपुरमा रहेको नेवार समुदाय छरिएर यहाँ सम्म आएको ईतिहास बताउदै प्राचिनकालमा एक राक्षसले समाजमा सवैलाई दुख दिए पछि त्यसलाई डराउन दिन र समाजलाई राक्षस बाट बचाउन त्यो राक्षस भन्दा डरलाग्दो राक्षसको रुप बनाएर डराउन दिई समाजलाई बचाएको ईतिहास बताए । त्यसै गरि उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको स्वागत समाजका कार्यसमिति सदस्य रुद्रनारायण श्रेष्ठले गरेका थिए । संस्थाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा र सन्चालन सचिव विमल श्रेष्ठले गरेका थिए ।
अनेकतामा एकता रहेको नेपाली समाजलाई यस्ता संस्कृतिले जोडेको छ । ¥यालीले बेझाड बजार परिक्रममा गरेर थियो भने यहि अवसरमा ८० बर्ष माथिका नेवार समुदाय भित्रका बृद्धबृद्धालाई सम्मान गरिएको हो । समाजले लाखे प्रर्दशन पश्चात सहभागिलाई पुरस्कार प्रदान गरेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।