रहेनन् सुर्योदयका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना

0
1628

पाल्पा । पाल्पाको सुर्योदय टेलिभिजनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको हृदयघातका कारण निधन भएको छ । उनको गएराति ४० बर्षको उमेरमा निधन भएको हो ।

तानसेन बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघात भएपछि उनलाई तत्कालै लुम्विनी मेडिकल कलेज प्रवास लगिएकोमा केहीबेरमै निधन भएको थियो ।

झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष रहेका तिमिल्सिना तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पस, मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषय अध्यापन गर्दैै आएका थिए । रामपुर नगरपालिका वडा नं. १० हेक्लाङ्ग स्थायी घर भएका तिमिल्सिना श्रीमतीसँगै तानसेनमा बस्दै आएका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।