पुर्वखोलामा गाउँपालिका स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न

0
84

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
पुर्वखोला गाउँपालिका शिक्षा शाखा पाल्पाले गाउँपालिकास्तरिय आधारभूत तह स्तरीय हिज्जे प्रतियोगिता अकला आधारभूत विद्यालय पुर्वखोला १ मा सम्पन्न भएको छ ।

गाउँपालिका भित्रका १० विद्यालयहरुको सहभागितामा भएको प्रतियोगितामा उद्दबुद्द मा.वि रिङ्नेरह पहिलो, सरस्वती मा .वि. जल्पा दोस्रो र मातृभूमि मा.वि.देबिनगर तेस्रो भएका छन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्र्तनिहित क्षमताको बिकास हुने बताए ।

कार्यक्रममा उद्बुद्ध मावि .का प्र.अ.लोकहरी देवकोटा ,जनमार्ग मा .वि .का प्र.अ.श्याम बहादुर दिशा ,सरस्वती मा.वि का प्रअ रमेश न्यौपाने लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो हुने प्रतियोगीहरु र सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण समेत गरएिको थियो । अकला आधारभूत विद्यालयका प्र.अ. मुक्ती पंगेनीको स्वागत कृष्ण पंगेनीको सन्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पंगेनिको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।