रम्भामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

0
207

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रम्भा गाउँपालिका शिक्षा शाखाको आयोजनामा संचालित प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयका ९ जना प्रतियोगिहरुको सहभागीता रहेको थियो ।

“शिक्षक–अभिभावकको सक्रीयता, बालमैत्री विद्यालय आजको आवश्यकता” शीर्षकमा संचालन गरिएको प्रतियोगितामा मालागिरी ईङ्गलिश स्कूल ताहुँकी छात्रा सेड्रिक श्रेष्ठ प्रथम, रविकिरण माध्यमिक विद्यालय पिपलडाँडाकी छात्रा अनुजा अर्याल द्वितीय, रम्भा मावि ताहुँकी छात्रा विपना कार्की तेश्रा तथा जनकल्याण मावि हुँगीका छात्र प्रमिश भण्डारी सान्त्वना भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रुसाद भण्डारीले गाउँपालिकाको शैक्षिक विकास र यसको गुणस्तर बृद्घिको लागि बालमैत्री विद्यालय स्थापना, दिवा खाजा कार्यक्रम, विद्यार्थी बिमा कार्यक्रमका साथै विभिन्न सह–क्रियाकलापहरु संचालन गरिएको बताउँदै सबै सरोकारवालाको सहयोगबाट गाउँपालिकाले शैक्षिक उन्नति गर्ने बताए ।

विजयी विद्यार्थी तथा सहभागी विद्यालयलाई नगद तथा प्रमाण पत्र प्रदान गर्दै रम्भा गाउँपालिका शिक्षा शाखा प्रमुख काशीराम बस्यालले शैक्षिक हिसाबले रम्भा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन विभिन्न शैक्षिक कार्यक्रम तय गरिएको र सबै विद्यालयबाट सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । । कार्यक्रममा सहभागी विद्यार्थी विपना कार्की, मूल्याङ्कनकर्ता नेत्रप्रसाद न्यौपाने लगायतले कार्यक्रमको सार्थक पक्षका बारेमा चर्चा गरेका थिए । कार्यक्रम रकमा देवी आधारभूत विद्यालयका प्रधानाध्यापक धातानन्द बस्यालको संचालन तथा शिक्षा शाखा प्रमुख काशीराम बस्यालको अध्यक्षतामा चलेको थियो ।