धुसेनी बेलपानी पाखोबारी खानेपानी उद्घाटन, ५५ घरधुरी लाभान्वित

0
470

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडामा अवस्थित धुसेनी–बेलपानी–पाखोबारी खानेपानीको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिला लेख अनावरण गरि खानेपानी उद्घाटन गरे । कार्यक्रममा प्रमुख अतिथि भण्डारीले गाउँपालिकाको एक घर एक धारा नीति अनुरुप प्रत्येक वडामा खानेपानीको सुविधा पु¥याउने रणनीति रहेको र पानीका मुहान, धारा तथा टंकीको नियमित सरसफाई तथा संरक्षणमा स्थानीय सरोकारवालालाई आग्रह गरे ।

आयोजना सम्पन्न भए पछि रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडाको बेलपानी तथा पाखोबारी वस्तीका ५५ घरधुरीका जनता सफा र स्वच्छ खानेपानीबाट लाभान्वित भएका छन् । रम्भा गाउँपालिकाको ९ लाख ३० हजार तथा उपभोक्ताको करिब २ लाख गरि ११ लाख ३० हजार रुपियामा आयोजना सम्पन्न भएको हो । बस्तीबाट करिब ३ किलोमिटर टाढा धुसेनी क्षेत्रमा रहेको पानीलाई संकलन गरि घरघरी पानी पु¥याईएको छ । ५५ घरधुरी मध्ये ३० घर स्थानीयले धारा बनाई सकेको स्थानीय शिवप्रसाद अर्यालले बताए ।

खानेपानी उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि नारायणप्रसाद भण्डारी, वडा सदस्य हेमप्रसाद अर्याल, देवनारायण बस्याल, विष्णु बम्रेल, राम्दी प्रहरी चौकीका प्रमुख षडानन्द भुषाल, केशव भण्डारी लगायतले उपलब्ध भौतिक संरचनाको संरक्षण र सम्बर्धन गर्दै पानीको श्रोत संरक्षणमा जोड दिए । कार्यक्रम शिवप्रसाद अर्यालको संचालन तथा लीलानाथ बस्यालको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।