रामपुरमा बृहत लाखे प्रदर्शनको तयारी

0
652

बन्दना पोखरेल । (रामपुर) पाल्पा
पाल्पा । रामपुर पाल्पामा बृहत लाखे नाच प्रर्दशनी हुने भएको छ । पाल्पा स्यांङ्जा तनहुँ र नवलपरासी जिल्लालाई लक्षित गरि उक्त प्रदर्शनी गर्न लागिएको हो ।

अघिल्ला वर्षहरुमा जस्तै रामपुर नेवार समाजको तर्फबाट यही भदौ २८ गते ११ औ संस्करणको रुपमा बृहत लाखे नाच प्रर्दशनी हुने भएको छ । प्राचीनकालमा राजाका सिपाईले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा विहोल बनेकि उनकि श्रीमति लाखे बनेर नाचेको किम्वदन्ति रहेको छ ।

त्यसको प्रतिक स्वरुप नेवार समुदायले बर्षेनी लाखे नाच प्रर्दशनी गर्दै आएका छन् । यसकै सरंक्षण स्वरुप रामपुरमा पनि नेवारहरुले यो नाच प्रर्दशनी गर्दै आएका छन् । भदौ २८ पुर्णिमाका दिन रामपुर बेझाड बजारमा बृहत लाखे नाच हुने बताइएको छ ।

सहभागीहरुलाई पुरस्कार समेतको व्यवस्था सहित आयोजना गरिएको लाखे नाच प्रर्दशनीमा नेवार समाज भित्रका जेष्ठ नागरिकहरुलार्ई सम्मान समेत गरिने र यसको सबै तयारी पुरा भएको उप समिति सदस्य अशोक श्रेष्ठले बताए । लाखे नाच प्रर्दशनीलाई व्यवस्थित बनाउन विभिन्न उप समिति गठन भएको छ । बजार परिक्रमा सहित हुने बृहत लाखे नाचको सम्र्पुण तयारि पुरा भएको सचिव विमल श्रेष्ठले बताए ।
परापुर्ब काल देखि नै नेपालले आफ्नो मौलिक कला सस्कृतिको विकास संरक्षण गर्दै आएको छ । त्यसमा पनि नेवारी सस्कृति अत्यन्तै लोक प्रिय मानीन्छ । तर पछिल्लो समय यो लोप हुने अवस्थामा पुगेपछि रामपुरको नेवार समुदायले आफ्ना कला सस्कृति बचाउन आफै लागि परेका छन् । परम्परा अनुसार साउन कृष्ण पक्षको चतुर्थीका दिन पर्ने गठेमङ्गल देखि लाखे नाच नचाउने चलन रहेको छ । लाखे नाचमा ढोलक , झ्यालि, बासुरि लगाएतका बाजा बजाउने गरिन्छ ।

पुस्ता हस्तान्तरणको अभावमा ३०० सय बर्ष पुरानो ईतिहास बोकेको यो नाच पहिले जस्तो नरहेपछि यसको संरक्षणका लागि जुटेको नेवार समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताए ।
लाखेनाच बिभिन्न तालमा नचाईने गरिन्छ । राक्षसको स्वरुप झल्कने मुकुट र देवि बस्त्र सहित कलाकारलाई सिगांरेर नचाईन्छ । जसमा राक्षसि प्रविधि देखाउने गरि जोगिया समेत रहने र्गदछन् । जिल्लाका नेवार समुदायले बर्षे नाचका रुपमा लाखे, होवा, रोपाई जस्ता नाच प्रर्दशनी गर्दै आएका छन् । (तस्बिर फाइल)

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।