सूचना बिभागको शिविर पाल्पामा, पत्रकारहरु लाभान्वित

0
91

पाल्पा । काठ्माण्डौ तथा पोखरा पुगेर गर्नुपर्ने काम जिल्लामै शिविरमार्फत भएपछि यस क्षेत्रका पत्रकारहरुलाई सहज भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको स्थानीय समन्वयमा बुधबारदेखि तानसेनमा दुई दिने शिविर संचालन भएको हो ।

विहिबारसम्म चल्ने शिविरको पहिलो दिन बुधबार ३३ प्रेस पास जारी भएको नेपाल पत्रकार महासंघ पाल्पाले जनाएको छ ।
बुधबार नै शिविरमा १३ जना नयाँ प्रेस पास वितरण, १९ पत्रकार परिचय पत्र नविकरण भए । यस्तै बुधबार नै २ वटा अनलाइनले नविकरण गरेका छन् । सो अवसरमा सूचना बिभागका प्रवक्ता ध्रुवकुमार पोखरेलले जिल्ला स्तरबाटै सेवा प्रवाह होस् भन्ने उद्देश्यका साथ यस प्रकारको शिविरको आयोजना गरिएको छ । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पा जिल्लालाई छनौट गरि शिविर ल्याएकोमा सूचना बिभागप्रति धन्यवाद ज्ञापन गरे ।

शिविरमा पाल्पा सहित छिमेकी जिल्लाका पत्रकारहरुले समेत सेवा लिएका छन् । शिविर बिहीबार पनि चल्नेछ ।