रुरुधाममा हुने महायज्ञको तयारी अन्तिम चरणमा, २१ करोड दिप प्रज्वलन गरिने

0
388

चुरामणी तिमिल्सिना । (रुरुधाम) पाल्पा

रुरु क्षेत्रमा यही भदौ २८ देखि असोज १७ गतेसम्म संचालन हुने ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ– २०७६ को तयारी लगभग पुरा भएको छ ।

महायज्ञको तयारी स्वरुप मोटर साइकल ¥याली, पत्रकार सम्मेलन लगायतका कार्यक्रमहरु भएका छन् । त्यस्तै प्रदेश नं ४ र ५ सहित अन्य प्रदेशहरुमा समेत सम्पर्क समिति नै निर्माण गरि प्रचार प्रसारको कार्यलाई तीव्रता दिइएको महायज्ञका मुख्य बाचक बाल योगेश्वर महाराजले बताए । स्याङजा, पाल्पा र गुल्मीको संगमस्थल रहेको रिडी क्षेत्र कालीगण्डकीको तटमा पर्छ । महायज्ञमा पितृमोक्ष अर्थात आफ्ना परिवारका मृतकहरुको श्रद्धा समेत गरिनेछ ।

त्यसका अलवामा सामूहिक व्रतबन्ध, कन्यापुजन, तुलादान, र लाखबत्ती अर्थात तुलादान लगायत कर्मकाण्ड गरिनेछ । २१ दिनसम्म २१ करोड दीपप्रज्वलन गरिने र २१ सय रुपैयामा विवाह, व्रतबन्धसमेत गरिने महायज्ञमा दान गर्न चाहने ब्यक्ति वा संस्थाले स्वेच्छिक रुपमा दान गर्न सकिने उनले बताए । त्यस्तै हेलिकोप्टरबाट पुष्पबृष्टिको कार्यक्रम समेत रहेको छ । यसरी संकलन भएको रकमले रुरु क्षेत्रको विकास निर्माणमा खर्च गरिने छ ।

महायज्ञबाट संकलन भएको रकमले देशमै ठूलो शंख र घण्टा निर्माण गरिने, गौशला निर्माण गरिने, सार्वजानिक शौचालय, भक्तजन बस्ने प्रतिक्षालय निर्माण गरिने बताइएको छ । चार धाम मध्येको १ धामको रुपमा रहेपनि यो क्षेत्र ओझेलमा परेको भन्दै महायज्ञ मार्फत रिडी क्षेत्रको प्रवर्धनमा टेवा पु¥याउने लक्ष्य समेत रहेको उनले बताए । यो महायज्ञबाट धेरै पैसा उठाउने भन्दा पनि यो क्षेत्रको प्रचार प्रसार र प्रवर्धनलाई नै जोड दिइएको उनले बताए । महायज्ञमा हरेक दिन राष्ट्रिय ब्यक्तित्वलाई समेत सहभागी गराउने योजना रहेको छ ।