दिब्यज्योति माविमा सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण सम्पन्न

0
147

पाल्पा । सामुदायिक विद्यालयमै नमुना विद्यालयको रूपमा स्थापित गर्न दिव्य ज्योति माध्यमिक विध्यालय, कसेनीले सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले गत वर्षमा विद्यालयले गरेका पूर्वाधार निर्माण, शिक्षा क्षेत्रमा भएका सुधार, भावी दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

अध्यक्ष रानाले गत वर्ष भौतिक पूर्वाधार निर्माण तर्फ भुकम्प प्रतिरोधी ४ कोठे भवन निर्माण भएको, व्यविस्थत प्राङ्गण निर्माण, सिसी क्यामेरा जडान, छात्रा शौचालय निर्माण, बाल उद्यान निर्माणा, नर्सरी देखि कक्षा ३ सम्म भुईबसाइका लागि पूर्वााधर निर्माण गरेको जानकारी दिए । उनले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको, आधुनिक कम्प्युटर र विज्ञान प्रयोगशाला निर्माण गरेको जानकारी दिए ।

उनले दिव्य ज्योतिलाइ नेपाल सरकारले यो वर्ष नमूना विद्यालयको रूपमा छनौट गरेको जानकारी दिदैँ छिट्टै नमूना विद्यालय कार्यक्रम संचालन हुने बताए । यस्तै विद्यालयको आन्तरिक लेखा प्रणाली सुधार गर्न सामाजिक परीक्षण, आयव्याय प्रस्तुत, आन्तरिक लेखा समिति र खरिद समितिमार्फत काम अगाडि बढाइएको पनि उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले गत वर्ष विद्यालयले गरेको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेका थिए । उनले आर्थिक वर्ष २०७५र०७६ मा १ करोड ९३ लाख ९६ हजार र ७ सय ८ रुपैयाँ बराबरको आम्दानीरखर्चको विवरण प्रस्तुत गरे । उनले विद्यालयमा हालको अवस्था, सुधार गर्नुपर्ने पक्ष, सिकाइ उपलब्धी, लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं संस्थापक भीमप्रसाद भट्टराइले दिव्यज्योति माविलाइ सबै मिलेर नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिए ।सार्वजनिक सुनुवाइमा सरोकारवालाको तर्फबाट पत्रकार माया बस्याल, विव्यसका पूर्व अध्यक्ष पदमबहादुर घर्तीमगर, विक्रम सुनार, विष्णु काफ्ले, तुल्सा न्यौपाने, रामबहादुर श्रेष्ठ लगायतले प्रश्न, सुझाव र जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले उठाएका प्रश्नमा विव्यसका अध्यक्ष रानाले प्रस्ट्याएका थिए । कार्यक्रममा नेकपा माथागढी ३, का अध्यक्ष मानबहादुर जिसी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष टेकबहादुर चिदी, सराइ युवा क्वबका अध्यक्ष खोमबहादुर गाहा, पूर्व विद्यार्थी शुमना शर्मा लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम रानाको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो । विद्यालयमा हाल एक हजार बढी विद्यार्थीहरूले अध्ययन् गरिरहेका छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।