रिडीको तिनमुखे पुल नक्सामा छ ब्यवहारमा छैन

0
243

पाल्पा । सरकारी कामलाई निर्माण ब्यवसायीले कसरी अलपत्र बनाउन सक्छन् भन्ने कुराको राम्रो उदाहरण बनेको छ, पाल्पा स्याङजा र गुल्मी जिल्ला जोड्ने गरि निर्माण गर्न लागिएको तिनमुखे पुल ।

निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुल निर्माण कार्य अलपत्र छ । २०७१ सालमा तीन वर्ष भित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर निर्माण ब्यवसायीको लापरबाहीले पुलको काम पा“च वर्ष पुरा भइसक्दा पनि कामले गति लिन सकेको छैन । जसका कारण स्थानीय चिन्तित भएका छन् ।

निर्माणाधिन अवस्थामा रहेको यो पुलले तानसेन नगरपालिका १४ को अर्गली, गुल्मीको रुरु गाउँपालिका १ को रिडी र स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ कारिकोट चण्डी भञ्ज्याङलाई जोड्ने छ । नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने भनिएको पुल निर्माण कार्य यसरी अलपत्र हु“दा यहा“का नागरिक निरास बनेको कारिकोट चण्डिभञ्ज्याङका विष्णु पाण्डेले बताए । “यो पुल निर्माण भएपछि यस क्षेत्रका जनतालाई धेरै सहज हुने बिश्वास गरिएपनि कामले गति लिन नसक्दा अहिले स्थानीयमा आस मर्न थालेको छ ।” उनले भने । तत्कालिन सांसद तथा नेपाली कांग्रेस नेता चन्द्र भण्डारी र तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालले २०७१ मंसिर १५ गते संयुक्त रुपमा यो पुलको शिलान्यास गरेका थिए ।

सो पुल २०७४ असार ९ गते निर्माण सम्पन्न भई हस्तान्तरण हुने सम्झौता भएको थियो । शिलान्यास समारोहमा नेता भण्डारीले तिन बर्षमै सक्ने उद्घोष गरेका थिए । तर अहिले ठेक्का सम्झौता सकिएको २ बर्ष वितिसक्दा पनि पुलको काम एकरति अगाडी बढ्न सकेको छैन । पुलको नाममा एउटा अपुर्ण पिलर र दुई चार ट्रक बालुवा थुपारिएको मात्रै देखिन्छ ।

पाल्पा, गुल्मी र स्याङ्जाका तीनतिरबाट १ सय ७७ दशमलव ४ मिटर लम्वाईको तिनमुखे झोलुड्डे पुल निर्माण गर्ने र मध्य भागमा तीनवटै पुललाई जोड्ने ४२ मिटर अग्लो पिलर बनाउने सम्झौता भएको थियो ।

स्थानीयवासीले अहिलेसम्म भएका काम पनि गुणस्तीय नभएको आरोप लगाएका छन् । निर्माण सामाग्रीको प्रयोगमा ठेकेदार कम्पनीले कम गुणस्तरको प्रयोग गरेको आरोप स्थानीयको छ । निर्माण कम्पनी नया“बाटो (रुबिना) मना जेबिका प्रमुख महेन्द्र अधिकारीले भने नक्सा बनाउने काममै अलमल भएकोले समस्या भएको बताउछन् । यो नया प्रविधि भएकोले सुरुमा अलमल भएपनि अहिले कामले गति लिन थालेको समेत उनले बताए । गुल्मीको रुरु गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिश्वकर्माले पुल निर्माणको कामले गति पाउन नसकेको बताए । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) ले निर्माणका लागि ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा तीनवटा कम्पनीलाई ठेक्का प्रदान गरेको थियो । नयाँबाटो, रुबिना र मना जेबीले निर्माणको जिम्मा पाएको थियो ।

यो पुलले एकातिर यहाका जनतालाई आवत जावतमा सहज हुन्छ भने अर्कोतिर यो नमुना खालको पुल भएकोले पनि पर्यटकीय प्रवर्धनमा समेत टेवा पु¥याउन सक्छ ।