कालिका बिद्यालयमा समुदाय अंक तालिका बिधिद्धारा सार्वजनिक सुनुवाई

0
93

पाल्पा । समुदाय अंक तालिका बिधिको प्रयोगद्धारा बिद्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम कालिका आधारभुत बिद्यालय बगनासकाली गाउँपालिका ९ चापपानी झिरभञ्ज्याङमा सम्पन्न भएको छ ।

महिला कल्याण संघ पाल्पा र सामाजिक स्रोत बिकास केन्द्र नेपालको सहयोग, एक्सन एडको आर्थिक सहयोग र कालिका आधारभुत बिद्यालयको आयोजना भएको कार्यक्रममा बिद्यालयको भौतिक, शैक्षिक, तथा समुदायको धारणा सहितको बिद्यालयको तर्फबाट र समुदायको तर्फबाट छुट्टा छुट्टै रुपमा तयार पारिएको अंक तालिका प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा महिला कल्याण संघका कार्यक्रम संयोजक युवराज बस्यालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै यस प्रकारको कार्यक्रमले शिक्षक, बिद्यार्थी र अभिभावक बीच थप सौहार्द बढ्ने र थप गुण स्तरीय शिक्षाका लागि सहयोग पुग्ने बताए । संयोजक बस्यालले शिक्षा क्षेत्रमा सुधार हुनु भनेकै आजको खास परिवर्तन हो भने ।

कार्यक्रममा अभिभावकहरुले बिद्यालयमा सुधार गर्नुपर्ने पक्षहरुबारे सुझाव दिएका थिए । अभिभावकहरुले समयसापेक्ष अध्यापन हुनुपर्ने, पर्याप्त खेलकुद अभ्यास सहित खेल्दै सिक्दै अभियानलाई जोड दिइनुपर्ने, समय समयमा यसप्रकारका अन्र्तक्रियात्मक कार्यक्रमहरु हुनुपर्ने लागयतका बिषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा अभिभावकहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिदै बिद्यालयका प्रधानाध्यापक जीवराज घिमिरेले यस्तो अन्र्तक्रियात्मक कार्यक्रमले आफूहरुलाई अझ उत्साह मिल्ने बताए । उनले शिक्षकको एकल प्रयासबाट मात्रै शिक्षा क्षेत्रमा परिवर्तन नहुने भन्दै अभिभावक, बिद्यार्थी र सरोकारवालाहरुको पनि उत्तिकै भूमिका रहने बताए ।
कार्यक्रममा पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिनाले बिद्यालयहरुमा शैद्धान्तिक शिक्षा सँगै समुदाय र दैनिक जीवनसित मिल्दो ब्यवहारिक शिक्षा पनि दिनुपर्ने बताए ।


बिद्यालयका सल्लाहकार चिन्तामणि बस्याल र भगवान भुसालले कार्यक्रम फलदायी रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम बस्यालको अध्यक्षतामा चलेको थियो ।