२०७६ सालभित्रै बगनासकाली बालमैत्री बन्दै

0
129

पाल्पा । बगनासकाली गाउँपालिकाले यही चैत मसान्त भित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने गरि योजना अगाडि बढाएको छ । उक्त बालमैत्री स्थानीय शासनका बारेमा पत्रकारहरु संग छलफल गर्दै गाउँपालिकाले भइरहेका कार्यक्रम र आगामी योजनाबारे जानकारी गराएको छ ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले देशभरका ४ सय ६० गाउँपालिका मध्ये बालमैत्री अभियानमा बगनासकाली गाउँपालिका पहिलो हुने गरि अभियानहरु अगाडि बढाइएको बताए । बालमैत्री शासन लागु गर्न ३९ सुचकहरु आवश्यक रहने भन्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बगनासकाली गाउँपालिकाले अहिले सम्म २८ बढी सुचकहरु पार गरेको र बाकी सुचकका बारेमा अभियान तिब्र पारिएको समेत जानकारी गराए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले भोलिका कर्णधार बालबालिकाको भविष्य उज्जल पार्न पनि बालमैत्री शासन आवश्यक रहेको बताइन् । उपाध्यक्ष चिदीको अध्यक्षतामा भएको कार्यक्रमा पत्रकार महासंघ, पाल्पाका पूर्व अध्यक्ष गोबिन्द भट्टराईले यो अभियानको सफलताका लागि संचारमाध्यमहरुको तर्फबाट पुर्ण सहयोग रहने बताए । कार्यक्रमको संचालन बालमैत्री फोकल पर्सन मनोज आचार्यले गरेका थिए ।