दिवसका अवसरमा पुर्वखोलामा पनि बिबिध कार्यक्रम सम्पन्न

0
163

डिल्लीराज पंगेनी । (पुर्वखोला) पाल्पा
पूर्वखोला गाउँपालिकाको आयोजनमा ४० औं राष्ट्रिय शिक्षा तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिबसको आधारमा आयोजित गाउँपालिका सतरिय माध्यमिक तह वक्तृत्व कला , आधारभूत निबन्ध लेखन तथा प्रा बि तह हस्ता कला प्रतियोगिता सम्पन्न भएको छ ।

हाम्रो पूर्वखोला शिक्षामा समानताभन्ने शिर्षकमा वक्तृत्वकलामा प्रथम नबिन न्यौपाने उद्धबुद्ध मा वि रिङ्नेरह, द्धितिय करुणा सिजाली मातृभुमी मा .वि देवीनगर, तृतिय संझना बि .क जनमार्ग माबि सिलुवाका बिद्यार्थी भए ।
त्यस्तै हाम्रो पूर्वखोला गाउँपालिका निबन्ध लेखनमा प्रथम सनिना ठाडा उद्धबुद्ध रिङ्नेरह द्धितिय सुबिना बिद्यालय खाण देवि बिरकोट तृतिय निषा सिजाली जन प्रर्य मा बि हेक्लाङ सान्तिना आयुषा न्यौपाने सरस्वती मा वि खैरेनी र अन्तर प्रा बि हस्तलेखन प्रतियोगितामा प्रथम उद्धबुद्ध मा बि का दिलमाया सारु द्धितिय दिपेश श्रेस्ठ मातृभुमी मा बि देविनगर तृतिय रिस्मा पल्ली मनाकामना प्रा बि बिरकोट सान्तोना कालिका प्रा. बि सुस्मा दर्लामी भएका छन कार्यक्रममा पुरुष्कृत बिध्यार्थी लाइ प्रमाण पत्र र नगद सम्मान गरेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यन समितिका सदस्य इशोरी न्यौपाने ले यस्ता कार्यक्रम हरुले गाउपालिकाको शिक्षालाई एकरुपता ल्याउन टेवा पुग्ने वताए । तिनै वटा विदाको निर्णायक मुल्याङकनमा समाजसेवी निलकण्ठ न्यौपाने र रम्भा वहुमुखी क्यापसका शिक्षक संकर बस्याल रहेका थिए ।
कार्यक्रममा प्राथमिक शिक्षक हरुको तर्फ बाट लालु दमै , आधारभुत बिद्यालय को तर्फ बाट सिमा श्रेस्ठ र माध्यमिक बिद्यालयको तर्फबाट चित्र कुवर ले ४० औं राष्ट्रिय तथा ५३ औं अन्तर्रा्ष्ट्रिय साक्षारता दिबसको अबसरमा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मा एसइईमा उत्कृष्ट बिद्यार्थी र आधारभूत तह पालिका स्तरमा उत्कृष्ट जि पि ए ल्याउने भाइबैनिलाइ समेत प्रमाण पत्र र नगद पुरुषकारले सम्मान गरेको थिए । कार्यक्रम पूर्वखोला योजना अधिकृत बिनोद नेपालको स्वागत रिङ्नेरह वडा सचिब पूर्ण चितौरेको संचालन र पूर्वखोला गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तको अध्यक्षतामा चलेको थियो ।