रिडीमा हुने महायज्ञको तयारी अन्तिम चरणमा

0
126

चुरामणी तिमिल्सिना । (रिडी) पाल्पा
पाल्पा स्याङजा र गुल्मीको संगम स्थल रिडीमा यही भाद्र २८ गतेदेखि आश्विन १७ गतेसम्म हुन गइरहेको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।


महायज्ञको पुर्ब सन्ध्यामा शनिबार रिडी अर्गली हुँदै तम्घास सम्म बृहत मोटरसाइकल ¥याली सम्पन्न भएकोे छ । रिडिका वरिष्ठ दान वीर पशुपति प्रसाद अमात्य प्रमुख अतिथिको रुपमा रहेका थिए ।


१५० भन्दा बढि मोटरसाइकल ,बाजागाजा भजन कृतन झाकी, सहित आठ वटा ठुला सवारी साधन मा भक्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सम्पुर्ण सहभागी लाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खुला मन्चमा सम्बोधन समेत गरेका थिए ।

कार्यक्रममा प्रमुख बाचक समेत रहेका श्री बाल योगेश्वर महाराजले यो महायज्ञले रिडी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पु¥याउने भन्दै सबै पक्षको सहयोगको अपेक्षा गरे । महायज्ञको पुर्व सन्ध्यामा रिडी तथा आसपासमा बिबिध तयारीहरु भइरहेका छन् ।