पाल्पामा पनि भेटियो डेंगुको संक्रमण

0
838

पाल्पा । पाल्पामा ६ जनामा डेंगुको संक्रमण भेटिएको छ । गएको साउनमा २ जनामा भेटिएको थियो र भदौमा थप ४ जनामा यसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

डेंगुको संक्रमण हुनेमा २ जना जिल्लाको सदरमुकाम तानसेन र अन्य ३ जना मध्य माथागढी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाको र एकजना अर्घाखाँचीको रहेको उनले बताए । भदौ महिनामा उपचारका लागि आएका ४ जना तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारपछि घर फर्किएको कलेजका सूचना अधिकारी कृष्ण प्रसाद पराजुलीलले बताए ।

गतवर्ष पाल्पामा ७ जनामा यसको संक्रमण भेटिएको थियो । यसको नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी जनचेतानमुलक कार्यक्रम संचालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ज्ञवालीले बताए ।
copy form khabarkhurak.com