दोभानमा क्रिष्टल माला र चुरा बनाउने तालिम सुरु

0
233

पाल्पा । सामुदायिक सिकाई केन्द्र दोभानको आयोजनामा महिलाहरुका लागि क्रिष्टलको माला र चुरा बनाउने तालिम सुरु भएको छ ।

सिकाई केन्द्रकी अध्यक्ष तथा तिनाउँ गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाको अध्यक्षता र तिनाउँ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम चलेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि घर्तीले तालिमको सिप ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तिनाउँ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, शिक्षा अधिकृत लक्ष्मी कुँवर लगायतले आआफ्नो धारणा राखेका थिए ।

सिकाइ केन्द्रकी सदस्य सरिता थापाको संचालनमा चलेको थियो । ३ दिनसम्म चल्ने तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा तुल्सी गैरेले सहजीकरण गरेकी छन् ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।