मोहन कन्या माविको ६९ औं बार्षिकोत्सव सम्पन्न

0
181

पाल्पा । मोहनकन्या माध्यमिक बिद्यालय तानसेनको ६९औं बार्सिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले एक करोड त्रियासि लाख बराबरको बार्षिक आम्दानी खर्चको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समारोहका प्रमुख अतिथि प्रदेश सांसद नारायण प्रसाद आचार्यले प्रदेश नं. ५ मै छुट्टै बिशेषता रहेको यो बिद्यालयले यस क्षेत्रका छात्रा बिद्यार्थीहरुको गुणस्तरीय शिक्षाको लागि महत्वपुर्ण भूमिका खेल्दै आएको बताए । उनले थप गुरुयोजना सहित यो बिद्यालयलाई अगाडि बढाउनुपर्ने बताउँदै प्रदेश सरकारको तर्फबाट गुरुयोजना अनुसारको कामका लागि पुर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

बिशिष्ठ अतिथि तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बिद्यालयको भौतिक तथा शैक्षिक बिकासमा आबस्यक सहयोगको लागि नगरपालिका तत्पर रहेको बताउँदै शैक्षिक गुणस्तर बृद्धिको लागि शिक्षक बिद्यार्थी र अभिभावक उत्सुक र तत्पर रहनुपर्नेमा जोड दिए ।

कार्यकरमका विशिष्ट अतिथि जिल्ला शिक्षा समिति सदस्य तथा नेकपाका नेता धनेन्द्र राज घिमिरे, नेपाली कांग्रेस जिल्ला पार्टी सचिव झपेन्द्र गहिरे, वडाध्यक्ष राजेन्द्र मुनि शाक्य, उद्योग बाणिज्य संघका अध्यक्ष मोहन श्रेस्ठ, शोभा शाक्य, केस लक्ष्मी श्रेष्ठ, शम्भु पौडेल,गंगालाल श्रेस्ठ लगायतले बिद्यालयको समयअनुकुल बिकास र परिबर्तनको शुभकामना दिए ।

कार्यक्रममा बिद्यालयका शिक्षक कम्प्युटर इन्जिनियर लक्ष्मण गैरेले आप्नो स्वर्गिय बुबाको सम्झनामा रू बीस हजारको स्व लेखनाथ गैरे स्मृति अक्ष्यकोष स्थापना गरेका थिए । शिक्षिका मन गहिरेको स्वागत, सहायक प्रधानाध्यापक चोल प्रसाद ज्ञवालीको सन्चालन र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।