उद्यमशीलता मार्फत नमुना प्रदर्शन गर्दैछन् अपांगता भएका ब्यक्तिहरु

0
68

पाल्पा । सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको सातौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ । तानसेनको काजिपौवामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य डा. पुरनमान बज्राचार्यले अपाङगता भएकै कारण कोही पनि व्यक्तिलाई लाञ्छना लगाउन नहुने धारणा व्यक्त गरे । उनी भन्छन्, ‘संवैधानीक व्यवस्था अनुसारका कुराहरु पुरा गर्न सरकार लागि परेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न आरक्षणहरुको व्यवस्था गरिएको छ ।’ तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले अपाङगता भएका व्यक्तिहरुलाई उद्यमशील कार्य गराउनेतर्फ आफूहरुले पनि ध्यान दिएको बताए । फरक क्षमता भएता पनि संसारलाई उज्यालो बनाउने अभियानमा लागि परेको उनले बताए ।
अपाङ्गता भएका व्यक्तिहरु शारिरिक तथा मानसिक रुपमा संगठित भएका योजनावद्ध कार्य गर्नुपर्ने राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले बताएका छन् । उनले दृष्टिविहिन, स्वर बोलाई, शारिरिक अपाङ्गा भएका व्यक्तिहरुले संविधान प्रदत्त हक तथा अधिकार प्राप्तिमा कठिनाई रहेको बताए ।

सिर्जनशील केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गगता भएका व्यक्तिहरुलाई उद्यमी बनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको बताए । संस्थाको छात्राबासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारिरिक, स्वोरबोलाई सम्बन्धी समस्या भएका ६५ जना बसोबास गर्दछन् ।संस्थाका अध्यक्ष सन्दीप भट्टराई भन्छन्, अगरबत्ति, फिनेल, अम्रिसोको कुचो, चिया पत्ति प्याकेजिङ्ग, ट्वाईलेट क्लिनर, कुलिन, झोला, सेनेटरि प्याड, माक्स बनाई बिक्रि गर्दै आएका छौं ।’

संस्थाकी कोषाध्यक्ष राधिका पोखरेलले केन्द्रले गत आर्थिक वर्ष २०७५,७६ मा ५० लाख ३२ हजार रुपैयाँ संस्थाले आम्दानी गरेको बताईन् । उनी भन्छिन्, ‘अगरबत्ती बिक्रिबाट ४ लाख ७३ हजार, फिनेल बिक्रि ५ लाख १ हजार, हर्पिक बिक्रि ३ लाख ५५ हजार, चियापत्ती बिक्रि ७८ हजार, मैनबत्ती बिक्रि २४ हजार तथा अन्य क्रियाकलापहरुबाट संस्थाको सहयोगबाट आम्दानी हुँदै आएको छ ।’ सचिव सम्राट केसीले दिगो विकास तथा आयआर्जन हुने कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताए ।