माथागढी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0
122

पाल्पा । माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०७५,७६ मा सम्पादित कार्यक्रमको वार्षिक समिक्षा तथा योजना र बजेटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा टेक बहादुर चिदीले विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । दिव्यज्योती माविका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले शिक्षा क्षेत्रलाई समन्वय गर्न शिक्षा शाखा प्रमुखको व्यवस्था गर्न माग गरे । राम बहादुर रेग्मीले एकै परिवारका दुई व्यक्ति उपभोक्ता समितिमा बस्न पाउने वा नपाउने भन्दै प्रश्न गरे । नेकपाका नेता तुलसीराम भुषाले गाउँपालिकाले आन्तरिक आम्दानी वृद्धि गर्ने गरि कार्यक्रम बनाउन सुझाव व्यक्त गरे ।विरबिक्रम सुनार भन्छन्, सीप सिकेर विदेश जानुभन्दा स्वदेशमै यसको प्रयोग गर्ने वातावरण मिलाउनुपर्ने बताए ।
नेकपा माथागढीका अध्यक्ष हरि चौहानले आफूहरुले राम्रो कामको सरहाना गर्ने र सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै नेपाली कांग्रेसका सभापति बालकृष्ण जिसीले स्थानीय सरकारले सोचे अनुसारको काम गर्न नसकेको गुनाशो गरे ।

गत आर्थिक वर्ष २०७५,७६ को वार्षि समिक्षा तथा योजना र बजेटको सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार नेपालीले गाउँपालिकाले ८८ दशमलव ४१ वित्तिय र ९२ दशमलव ५ प्रतिशत भौतिक प्रगति गरेको जानकारी दिए । उनी भन्छन्, ‘गाउँपालिकाले व्यवसायिक कृषिलाई प्राथमिकता, पशु उपचार सेवा, दुग्ध पकेट क्षेत्र कार्यक्रम, सहकारी प्रोत्साहन, विद्यालयहरुमा इसिडी कक्षा सञ्चालन गरेको छ ।’ हामीले २६ किलोमिटर नयाँ ट्रयाक र ५५ किलोमिटर स्तरोन्नती तथा ५ दशमलव ५ प्रतिशत ग्राभेल गर्ने काम सकेका छौं । घरघरमा खानेपानी पु¥याउने गरि कार्यक्रम सञ्चालन गरिरहेका छौं, अधिकृत नेपालीले भने ।

माथागढी गाउँपालिकाले श्रमीक बैंक स्थापना गर्न लागेको गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले बताए । सीप सिकेका एक हजार जना युवाहरुको सीप परीक्षण गरि आवश्यक स्थानमा प्रयोग गर्ने गरि श्रमीक बैंक स्थापना गर्न लागेको जानकारी दिए । उनले गाउँपालिकाले स्थानीय स्तरमै पुगेर योजना संकलन गरि ल्याएको र नियमित जनताको सेवामा लागि परेको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले गत आर्थिक वर्षमा कुनै पनि मुद्दा अदालतमा पठाउनु नपरेको बताईन् । उनले गत आवमा १८ मुद्दा दर्ता भएकोमा १६ फछ्र्यौट गरिएको बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रका १८ जना व्यक्तिहरुले सुझाव, गुनाशो र जिज्ञाशा राखेका थिए । स्थानीय सेवाग्राहीबाट उठेका प्रश्नहरुको सम्बन्धित वडाध्यक्षहरुले जवाफ दिएका थिए ।