सहलकोट स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण

0
269

नेत्र गैरे । पाल्पा
निस्दी गाउँपालिका वडा नं. २ सहलकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर ५ को कार्यक्रम अनुसार जिल्ला स्वास्थ्य कार्यालय मार्फत एम्बुलेन्स प्रदान गरिएको हो । प्रदेश सांसद द्धय नारायण आचार्य, युवराज खनाल, जिल्ला समन्वय समिति अध्यक्ष दयाराज बस्यालले गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुलाई एम्बुलेन्सको साचो तथा कागजात हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रमा प्रदेश सांसद नारायण आचार्यले निस्दी गाउँपालिका मानव सुचकांङ्कमा पछि पर्नुका साथै बिभिन्न अवसरबाट बञ्चीत रहदै आएकोमा स्वास्थ्य सेवाको पहुँचले अगाडी बढन सघाउ पुग्ने बताए । स्वास्थ्य क्षेत्र मानव जीवनको प्रत्यक्ष सरोकारको बिषय भएको हुँदा यसको संवेदनशिलता लाई सम्बन्धित पक्षले ख्याल गर्नुपर्ने उनको भनाई थियो । अर्का सांसद युवराज खनालले ग्रामिण बस्तीका आधारभुत तहका जनतालाई स्वास्थ्य शिक्षाको क्षेत्रमा पहँुच पु¥याउन सबैको भुमिका रहनु पर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले जनताको प्रत्यक्ष सरोकार संग जोडिएको स्वास्थ्य सेवालाई सहज बनाउन एम्बुलेन्स सहयोगी हुने बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा एम्बुलेन्सको साँचो तथा कागजात ग्रहण गर्दै निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले आफुहरुले पाएको उपहारलाई गरिव जनताको हितमा उपयोग गर्ने बताए । उनले गरिवलाई हात्तीको दात जस्तो उखान नबनाई अब छिट्टै नै कार्यविधी बनाई दिर्घकालिन रुपमै संचालन गर्ने बताए । केम खाम्चा स्मिृती प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी देवीलाल लामिछानेले सदरमुकाम देखि करिव ९० किलोमिटर पुर्व रहेको सहलकोट, बाकामलाङ क्षेत्रलाई प्राप्त एम्बुलेन्सले दुर दराजमा रहेका सर्व साधारण जेष्ठ नागरिक, सुत्केरी अशक्तहरुलाई एम्बुलेन्सले राहत पु¥याउने बताए ।

प्राप्त एम्बुलेन्स सेवा निस्दी, रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिकाका बस्तीहरुमा सेवा पु¥याउन सकिने लामिछानेले बताए । कार्यक्रमबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले पाल्पा जिल्लामा हालसम्म २० वटा एम्बुलेन्स संचालनमा रहेको र अब रामपुर र रम्भामा पनि ल्याउने तयारी भैरहेको बताए । हस्तान्तरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी काधव ज्ञवालीको संचालन र जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।