युवा दिवसमा उद्यमीलाई सम्मान पनि भयो, उद्यमीको अनुभव पनि सुनाइयो

0
148

पाल्पा । तानसेन युवा परिषदले २० औं अन्तराष्टिय युवा दिवसको अवसर पारेर उत्कृष्ट ४ जना उद्यमीलाई सम्मान गरेका छ ।

तानसेन नगरपालिकामा भएको कार्यक्रममा युवा उद्यामी तानसेन वडा न. ८ का दुर्गा बहादुर खाण ठकुरी, तानसेन १२ का रुकबिर रेश्मी, तानसेन ९ का बिष्णु प्रसाद भण्डारी र तानसेन ५ का पुजन कार्कीलाई सम्मान गरिएको हो ।

उद्यमीलाई सम्मान गर्दै तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भुमिका निर्वाह गरेका युवाले अव आर्थिक क्रान्तिका लागी उद्यमशिल हुनु पर्ने बताए । समृद्ध नेपाल र सुखी नेपाली निमार्णको लागी युवा अब उद्यमशिल हुनुपर्ने र त्यसको लागी तानसेन नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर शाहिले बताए ।
उद्यमी युवाको सफलता र सरोकारवालाको अन्तक्रियाले नयाँ उद्यमी बन्ने प्रेरणा मिलोस् भनेर उद्यमी सम्मान तथा अन्तक्रिया कार्यक्रम राखिएको तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताए ।

कार्यक्रममा रेडा पाल्पाका लिला कार्कीले तानसेन नगरपालिकाका युवाको लागी प्रदान गरिने स्वरोगार उद्यमशिलता सहुलियत श्रmृणको बारेमा जानकारी गराए ।
परिषद्का अध्यक्ष गुरास आत्रेयको अध्यक्षता, उापध्यक्ष पवित्रा गैरेको स्वागत र सचिव बिबेककाजी शाक्यको संचालनमा भएको कार्यक्रममा दायित्व नेपालका डा पुकार मल्लले देशमा स्थायित्व भएकाले अब युवा उद्यमी बन्नुपर्ने बताए ।

कार्यक्रममा उद्यमी विष्णु प्रसाद भण्डारी र दुर्गा बहादुर खाण ठकुरीले आफुहरुले व्यवसाय शुरु गर्दा अप्ठेरो अवस्था भएको भन्दै अहिले धेरै कुरा सहज भएकाले स्वरोजगारमा लाग्न युवाहरुलाई आग्रह गरे ।