रुरु क्षेत्र धाममा हुने महायज्ञको प्रचार प्रसार तीव्र

0
184

चुरामणी तिमिल्सिना । (रिडी) पाल्पा
यही भदौं २८ गतेदेखि असोज १७ गते सम्म रिडी स्थित रुरुधाममा हुने हुने महायज्ञको लागि प्रचार प्रचार तथा अन्र्तक्रिया कार्यक्रम चलिरहेका छन् ।


रिब्दिकोट गाउँपालिकाको वडा नं. १ शान्तिचौर ख्याहामा औपचारिक रुपमा महायज्ञको प्रचार प्रसार कार्यक्रमको शुभारम्भ गरिएको छ । शान्ति चौरमा गरिएको कार्यक्रमका सभापति रिब्दिकोट गाउँपालिका प्रचार प्रसार समितिका संयोजक पदम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथिको प्रमुख बाचक बाल योगेश्वर महाराज रहेका थिए ।

रिब्दिकोट गाउपालिका १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरे ता न प १४ का महिला सदस्य सीता ज्ञवाली, मुल आयोजक समारोह समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवाली, पत्रकार चुरामनी तिमिल्सिना , आर्थिक समिती संयोजेक ज्ञान हरि ज्ञवाली ,रुरुका वडा अध्यक्ष रामलाल बिक, बिधालयका शिक्षक बिद्यार्थी कर्मचारी अभिभावक,महिला समुह लगायतको उपस्थिति रहेको कार्यक्रममा समाजसेवी लक्ष्मी प्रसाद गैरेले स्वागत मन्तव्य राखेका थिए ।

दिवाकर पराजुलीको संचालन रहेको कार्यक्रममा महायज्ञको उद्देश्य र सफलताको लागि छलफल गरिएको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।