एवत सारु । (रम्भा) पाल्पा
सानाहुँगी मावि रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरिएको छ । हातेमाले संस्था वनस्थली काठमाण्डौको सहयोगमा विद्यालयमा अध्ययन गर्ने २० जना गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।

संस्थाले प्रत्येक वर्ष २० जना छात्रा विद्यार्थीलाई विद्यालय पोशाक, झोला, मोजा, कापी, कलम, ज्यामिती बाकस लगायतका शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । वितरण कार्यक्रममा रम्भा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुले विद्यार्थीलाई प्रदान गरिने यस प्रकारको सहयोगले सिकाई उपलब्धी र गुणस्तरमा सुधार हुने बताए । विद्यालयका पूर्व शिक्षक सुनिता श्रेष्ठको अगुवाईमा विगत ५ वर्ष देखि हातेमालो संस्थाले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सोही कार्यक्रममा रम्भा गाउँपालिकाले प्रदान गर्ने दिवा खाजा अन्तर्गतको रकम समेत वितरण गरिएको थियो । कार्यक्रममा शिक्षक कृष्णकुमार अधिकारीले स्वागत गरे । कार्यक्रम शिक्षक देबिन्द्र गिरीको संचालन तथा सहायक प्रधानाध्यापक एवतकुमार थापाको अध्यक्षतामा चलेको थियो ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।