बजार तताउँदै तीज गीति संग्रह ‘बोल्नु पर्छ ओई’

0
224

पाल्पा । नेपाली लोक दोहोरी गायनको क्षेत्रमा राम्रो सफलता पाएका चर्चित गायक नविन पौडेल र अर्को चर्चित गायिका पूर्णकला बिसीको आवाजमा ‘बोल्नु पर्छ ओई’ नामक तिज गीत बजारमा आएको छ । दिग्गज धौरालिको शब्द रहेको गीतमा बिष्णु प्रसाद घिमिरेले संगीत भरेका छन् भने कृष्ण बिकको संगीत संयोजन रहेको छ । यो गीतले पछिल्लो समय राम्रो सफलता पाएको छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियो शंकर बिसीको निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलले छायांकन गरेका छन् । नबिन घर्ती मगरद्वारा सम्पादन गरिएको भिडियोमा मोडेल रिना थापा मगर र निर्देशक बिसिले अभिनय गरेका छन् ।
हरेक बर्ष मौलिकतालाई अंगाल्दै विभिन्न खालका तिजका तथा लोकदोहोरीका गीत बजारमा ल्याई राख्ने गायक पौडेलले यस बर्ष पनि नजिकिदै गरेको तिजको मौकामा यो गीत बजारमा ल्याएका हुन् ।

गायक पौडेलका यसअघि पनि धेरै गीतहरु लोकप्रिय भएका छन् । पछिल्लो समय ब्यस्त गायकको रुपमा रहेका पौडेललाई देश बिदेशका धेरै कार्यक्रममा निमन्त्रणा आउने गरेको छ ।
गीतको भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।