ब्रेन टयुमर बिरामीका लागि कतारमा रहेका पाल्पालीले उपचार खर्च पठाए

    0
    751

    पाल्पा । ब्रेन ट्युमर भई उपचारको क्रममा रहेका बगनासकाली–८ बराङ्दी घिउसीबासका ३६ वर्षीय हरि भुसालको उपचार सहयोगार्र्थ पाल्पाली सेवा समाज दोहा कतार मार्फत संकलन गरिएको ५१ हजार १४ रुपियाँ उनको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

    समाजले उक्त रकम बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल मार्फत उपलब्ध गराएका थिए । शुक्रवार बिहान गाउँपालिका अध्यक्ष बस्याल सहित वडा नं. ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, स्थानीय समाजसेवी मोतिालाल बस्याल, पत्रकार यज्ञमूर्ति तिमिल्सिनाले बिरामी अवस्थामा रहेका हरि भुसाल, उनकी श्रीमति र आमालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे ।

    सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बिदेशमा रहेर पनि एउटा पाल्पाली युवा बिरामी पर्दा यसरी सहयोगको हात बढाउने सबैलाई धन्यवाद दिए ।
    उनको उपचार सहयोगार्थ पाल्पाली सेवा समाजका अध्यक्ष महल क्षेत्रीको संयोजनमा निवर्तमान अध्यक्ष इश्वर काफ्ले, महासचिव रामलाल खाती, कोषाध्यक्ष सन्तोष काफ्ले, कार्यसमिति सदस्य बिष्णु प्रसाद सुवेदी, सोम श्रेष्ठ,सदस्य हिरालाल बस्याल सहित पाल्पाली सेवा समाजका पदाधिकारी तथा सदस्यहरु लागिपरेका थिए । जसको संयोजन पाल्पाली सेवा समाजका सदस्य हिरालाल बस्यालले गरेका थिए ।

    पाल्पाली सेवा समाजले यो सँगै जिल्ला स्तरमा हरेक दुःख सुखमा साथ दिदै आएको छ । कतारमा समेत अप्ठेरोमा परेका पाल्पालीहरुलाई मद्धत गर्दै उनीहरुलाई सहज बाताबरण बनाउन अतुलनीय भुमिका खेलेको छ । समाजले आगामी दिनमा पनि जिल्ला स्तरको बिभिन्न रचनात्मक अभियानहरु शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको समाजका अध्यक्ष महल क्षेत्रीले बताए ।

    पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।