बाँसको तामा खानुका फाइदाहरु

0
446

बुटवल । बाँसलाई ‘घाँसको राजा पनि भन्ने गरिन्छ । बाँसको  तामालाई हामी अचार वा सब्जीको रूपमा प्रयोग गर्दछौं । तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो ।

उसमा भिटामिन बी, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।

बाँसको तामा खानुका अचुक फाइदाहरु

– यसमा प्रोटिनमात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउँछ ।

– तामाको सब्जी खानाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।

– फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायिक हुन्छ ।

– यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ ।

– उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।

– पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।

– यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।

(यो मुटुको निम्ति मैत्रीखाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।

– यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ

(तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।

– तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ।

copy form akhabarnews.com

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।