करातेको ग्रेड बृद्धि कार्यक्रम रामपुरमा सम्पन्न

0
444

बन्दना पोखरेल । (रामपुर) पाल्पा
सितोरियो कराते डो पाल्पा रामपुर शाखाले बिकास अनुसासन गतिशीलता खेलकुदको आबश्यकता भन्ने नारा सहित शनिवार खेल ग्रेड वृद्धि कार्यक्रम गरेको छ । कार्यक्रमका अध्यक्ष एवम् संचालक कमल सेनले उद्देश्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आधारभुत माविका अध्यक्ष कमलराज भट्टराई रहेका थिए । प्रमुख अतिथी भट्टराईले बोल्दै शिक्षा र खेलकुद एक अर्काको परिपुरक हुन भन्दै यसलाइ सहि सदुपयोग पर्नु पर्ने र खेलका माध्यम बाट समाज र राष्ट्र लाई चिनाउन भुमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा आधर भुत माबिका प्र अ रुपनाथ गौतम, आनन्द निकेतन बिद्याश्रम सह प्रधानाध्यापक लक्ष्मण कोइराला अभिभावक सुनिता राना र पत्रकार बन्दना पोखरेल लगायत ले शुभकामना दिएका थिए ।

१७ जना खेलाडी लाई स्तर अनुसारको बेल्ट बितरण गरिएको कार्यक्रम को सन्चालन बिष्णु सुनारीले गरेका थिए ।

पाल्पा समाचार डटकम पाल्पाबाट बिगत ९ वर्षदेखि प्रकाशित लोकप्रिय स्थानीय पत्रिका पाल्पा समाचारपत्र साप्ताहिकको अनलाइन संस्करण हो । पाल्पा समाचारपत्र साप्ताहिकले स्थानीय बिषयबस्तुलाई खोजमुलक रुपमा प्रकाशन गर्दै आएको छ ।